Skip to content

वन झाक्रीको कथा | Nepali Lok Katha

वन झाक्रीको कथा, पचभैयासँगको युद्ध र बटुकको साहसिक यात्रा समेटिएको नेपाली लोककथा।

Ask about this video. Answers come from its transcript only — with the timestamp, so you can check them.

Generated from the transcript and can be wrong — check the timestamp.

Key Takeaways

  • वनझाक्रीको शक्तिशाली र जादूई भूमिका छ।
  • साहस र मित्रताको महत्व कथा मार्फत देखाइएको छ।
  • पचभैयासँगको युद्धले संघर्ष र विजयको कथा प्रस्तुत गर्छ।
  • प्राकृतिक र आध्यात्मिक संसार बीचको सम्बन्धलाई उजागर गरिएको छ।
  • सांस्कृतिक परम्परा र लोककथाको संरक्षणमा यो कथा महत्त्वपूर्ण छ।

What the video covers

  • कथा एकजना मानिस र उनका छोराको जंगलमा यात्रा गर्दा सुरु हुन्छ।
  • पचभैयाहरुको सेना बटुकलाई समात्छ र मार्ने योजना बनाउँछ।
  • वनझाक्री र उनकी पत्नीले बटुकलाई बचाउन पचभैयासँग युद्ध गर्छन्।
  • वनझाक्रीले बटुकलाई उपचार गरी जंगलमा नयाँ जीवन सिकाउँछन्।
  • बटुक र उसको साथी सोम जंगलमा साहसिक यात्रा गर्छन्।
  • राक्षसले सोमलाई अपहरण गर्छ र बटुकले उसको उद्धारको प्रयास गर्छ।
  • बटुकले वनझाक्रीबाट सिकेका मन्त्र र कौशल प्रयोग गरी राक्षससँग लड्छ।
  • कथा नेपाली लोककथाको सांस्कृतिक र रहस्यमय पक्षलाई उजागर गर्छ।
  • वनझाक्रीको शक्तिशाली र जादूई चरित्र प्रस्तुत गरिएको छ।
  • साथै, मित्रता, साहस र परिवारको महत्वलाई कथामा जोड दिइएको छ।

Answers

Questions about this video

वन झाक्री को हुन्?

वन झाक्री एक शक्तिशाली र जादूई पात्र हुन् जसले जंगलमा बस्छन् र मानिसहरुलाई संरक्षण गर्छन्। उनीहरुले मन्त्र तन्त्र प्रयोग गरी शत्रुहरुसँग लड्छन्।

पचभैया के हुन् र उनीहरुको कथा के हो?

पचभैया ५० जना सेनाको समूह हो जसले जंगलमा आतंक मच्चाउँछन्। उनीहरु बटुकलाई समातेर मार्न खोज्छन् तर वनझाक्रीसँगको युद्धमा पराजित हुन्छन्।

बटुक र सोमको सम्बन्ध के हो?

बटुक र सोम दुई साथी हुन् जसले जंगलमा सँगै यात्रा गर्छन्। उनीहरुको मित्रता कथा को मुख्य भाग हो र उनीहरुले धेरै साहसिक घटनाहरु सामना गर्छन्।

Full Transcript — Download SRT & Markdown

00:00
Speaker A
नमस्कार अनि स्वागत छ यहाँहरुलाई यो लोककथा च्यानलमा। आज पनि फेरि अर्को एउटा नयाँ कथा लिएर उपस्थित भएकी छु। यो कथा मैले हरि खनाल ज्यूको एकादशमा नामक किताबबाट संभार गरेकी हुँ। आजको हाम्रो कथाको शीर्षक छ वन झाक्रीको कथा। आशा छ यहाँहरुलाई मन पर्नेछ। आउनुस् कथा सुनौँ।
00:23
Speaker A
धेरै पहिलेको कुरा हो। एकजना मानिस आफ्नो आठ नौ वर्षको छोरालाई लिएर नुन खोप्न भोट गएका थिए। बाटोमा खनघोर जंगल पर्थ्यो। बाबु छोरा नुन बोकेर फर्किँदै थिए।
00:40
Speaker A
त्यस दिन बेस्सरी पानी पर्यो। पानी परेकोले नुन बोकेर हिँड्न सकेनन्। उनीहरु निकै बेर जंगलको ओडारमा बसे। पानी थामिने बेलामा साँझ परिसकेको थियो।
00:59
Speaker A
अब उनीहरुलाई बास बस्ने ठाउँसम्म पुग्न निकै कठिनाई पर्यो। तर हिँड्नु बाहेक उनीहरुसँग अरु कुनै उपाय थिएन।
01:10
Speaker A
उनीहरु छिटो छिटो हिँड्न थाले। यसरी बाटोमा जाँदा बाबु चाहिँलाई दिसा लागेछ।
01:20
Speaker A
उनी छोरालाई यहीँ बस है बाबु भनेर झाडीमा दिसा गर्न पसे। छमक्क साँझ परिसकेको थियो।
01:36
Speaker A
त्यस बाटोमा झपके साँझको बेलामा पचभैयाहरु हिँड्थे। पचभैयाहरुको एक समूहमा ५० जना सेना हुन्थे।
01:49
Speaker A
५० भाइसँग जम्मा २५० जना सेनाहरु थिए। सबैभन्दा अघि उनीहरुको कुकुर हिँड्थ्यो।
02:00
Speaker A
कुकुरभन्दा पछि पचभैयाको नाइके हुन्थ्यो। नाइके घोडामा चढेको थियो।
02:10
Speaker A
त्यसपछि लहरै अरु भइयाहरु हिँडेका थिए। पचभैयाहरुको अगाडि र पछाडि गरी तीनवटा आँखाहरु थिए।
02:22
Speaker A
त्यसकारण उनीहरु अगाडि पछाडि सबैतिर देख्थे।
02:30
Speaker A
बीचबीचमा घोडा र गधाहरु थिए। यो सारा दृश्य देखेर त्यो किसानको छोरा बटुक डरायो र लुक्यो।
02:40
Speaker A
अब त सबै गइसके होला भनेर ऊ बाटोमा आएको मात्र के थियो, सबैभन्दा पछाडि हिँडेको भइयाले उसलाई च्याप्प समात्यो।
02:50
Speaker A
डरले ऊ रुन सकेन।
02:56
Speaker A
पचभैयाले उसलाई केसारदै नाइकेको सामुन्ने पुर्यायो।
03:05
Speaker A
हजुर, यो मानिस जासुसी गरिरहेको रहेछ। यसलाई समातेर ल्याएको छु।
03:16
Speaker A
के गर्ने हो? आज्ञा होस्।
03:20
Speaker A
समातेर लैजाने रे निवेदन गर्यो।
03:25
Speaker A
ल, यसलाई हाम्रो घाटमा पुर्याएर कुकुर लगाउनु र जिउँदै टोकाएर मार्नु। नाइकेले कडा आदेश दियो।
03:36
Speaker A
अब पक्का मर्ने भयो भन्ने कुरा बटुकले बुझ्यो।
03:43
Speaker A
तर के गर्ने? ऊ भागेर जान सक्दैनथ्यो।
03:49
Speaker A
त्यस्तै घाट पुग्ने बेलामा वनझाक्रीका लोग्ने स्वास्नी र एउटा सानो छोरा सोमा नाम गरेको घाटबाट उनीहरु ओडारतिर जाँदै थिए।
03:58
Speaker A
बटुकलाई उनीहरु मानिस जस्तै लाग्यो।
04:03
Speaker A
त्यतिबेला बटुक जोर जोरले चिच्याइरहेको थियो।
04:10
Speaker A
बचाउ।
04:12
Speaker A
मलाई मार्न लाग्यो।
04:15
Speaker A
ऊ रोएको आवाज सुनेर वनझाक्रीकी पत्नी नुमाले भनिन्।
04:22
Speaker A
त्यो बच्चालाई मार्न आँट्यो जस्तो छ।
04:28
Speaker A
बचाउनुस् न।
04:31
Speaker A
नुमाको कुरामा वनझाक्रीले खासै ध्यान दिएन।
04:37
Speaker A
तर नुमाले भने जिद्दी गर्न थालिन्।
04:41
Speaker A
आहा, त्यो मान्छेलाई बचाएर के गर्ने?
04:47
Speaker A
यो बेमतलबको कुरा छोड।
04:51
Speaker A
वनझाक्रीले भन्यो।
04:53
Speaker A
नुमालाई भने त्यो चिच्याइरहेको बालकको माया लाग्यो।
05:00
Speaker A
अन्ततः वनझाक्रीले नुमाको कुरा टार्न सकेन।
05:07
Speaker A
उसले बाण हानेर पचभैयाको बाटो छेक्यो।
05:14
Speaker A
बाणको आवाज सुनेर पचभैयाहरु सतर्क भए।
05:21
Speaker A
उनीहरुका कुकुरहरु वनझाक्रीतिर भुक्दै अगाडि बढे।
05:29
Speaker A
त्यतिकैमा पचभैयाको नेताले चिच्याएर भन्यो।
05:37
Speaker A
ए झाक्री, पचभैयाको बाटो छेक्ने मुर्खाई किन गरिस?
05:43
Speaker A
वनझाक्रीले पनि कड्केर बोल्यो।
05:47
Speaker A
हेर पचभैया, मेरो तिमीहरुसँग कुनै दुश्मनी छैन। तर एउटा अनुरोध गर्न आएको हुँ।
05:57
Speaker A
त्यो बच्चालाई मेरो जिम्मा लगाउ।
06:01
Speaker A
तर पचभैयाले भने मानेनन्।
06:06
Speaker A
त्यसपछि वनझाक्री र उनीहरुबीच युद्ध हुन थाल्यो।
06:13
Speaker A
वनझाक्रीकी पत्नी पनि कम्ती थिइनन्।
06:19
Speaker A
उनी पनि युद्धमा पतिलाई साथ दिइन्।
06:24
Speaker A
टोक्न भनि अघि बढेका कुकुरलाई उनले बाण हानेर थपाइन्।
06:31
Speaker A
वनझाक्री र पचभैयाहरुबीच मन्त्र तन्त्रले युद्ध हुन थाल्यो।
06:39
Speaker A
कहिले आगो बल्थ्यो त कहिले पानी बर्सिन्थ्यो।
06:45
Speaker A
मन्त्र विद्यामा वनझाक्रीको सामुन्ने पचभैयाहरुको केही लागेन।
06:53
Speaker A
त्यसपछि वनझाक्रीले वनझाक्रीको मन्त्र बाणले हानेर बटुकलाई उछिट्याएर आफू सामुन्ने ल्याइ पुर्यायो।
07:01
Speaker A
त्यतिबेलासम्म बटुक बेहोस भइसकेको थियो।
07:07
Speaker A
वनझाक्रीले पचभैयाहरुको बाटोमा कहिले आगो लगाइदिन्थ्यो त कहिले बेस्सरी पानी पार्दिन्थ्यो।
07:16
Speaker A
कहिले पर्वतै उठाएर ल्याएर खिराइदिन्थ्यो।
07:23
Speaker A
यसरी वनझाक्रीका बुढाबुढीले पचभैयाको दोहोलो काढे।
07:31
Speaker A
त्यसपछि पचभैयाहरु बाबाकी दुहाई भन्दै त्यहाँबाट भागे।
07:39
Speaker A
यसरी पचभैयाहरु भागेपछि वनझाक्रीले माया गरी बटुकलाई आफ्नो ओडारमा लग्यो।
07:47
Speaker A
उनीहरुले त्यहाँ पुर्याएर बटुकको उपचार गर्न थाले।
07:54
Speaker A
झरीबुटी सुँघाएपछि उसको होस खुल्यो।
07:59
Speaker A
होस खुलेपछि उसले आफ्नो वरिपरि डरलाग्दा वनझाक्री देख्यो।
08:05
Speaker A
वनझाक्रीहरुको शरीरभरि भुत्ला थिए।
08:10
Speaker A
उनीहरुको छाती फराकिलो थियो।
08:15
Speaker A
कपालहरु घुम्रिएका थिए।
08:19
Speaker A
वनझाक्रीकी पत्नी नुमा पनि त्यस्तै थिइन्।
08:26
Speaker A
उनका स्तन लामा लामा थिए।
08:30
Speaker A
स्वर अनौठो किसिमको थियो।
08:34
Speaker A
बच्चा सोम भने सानै भएकोले बटुक जस्तै देखिन्थ्यो।
08:41
Speaker A
बटुक निकै बेरपछि रोयो र नुमालाई अँगालो हाल्न पुग्यो।
08:48
Speaker A
वनझाक्रीहरुले मानिसको भाषा पनि बुझ्ने हुनाले उसलाई सम्झाए।
08:56
Speaker A
त्यसपछि बटुकले आफ्नो बाबुको सबै कुराहरु सुनाए।
09:01
Speaker A
भोलिपल्ट वनझाक्रीहरु बटुक र सोमलाई लिएर बटुकको बाबुको खोजीमा वनमा हिँड्यो।
09:11
Speaker A
यसरी डुल्दा डुल्दा उनीहरुले बटुकको बाबुको टोपी भेटाए।
09:19
Speaker A
अनि त्यसपछि अलि पर उनको मरेको शरीर पनि भेटाए।
09:26
Speaker A
उनलाई बाघले शिकार गरेको कुरा थाहा लाग्यो।
09:31
Speaker A
आफ्नो बाबुको यस्तो दशा देखेर बटुक धेरै रोयो।
09:38
Speaker A
अन्ततः वनझाक्रीले उसलाई सम्झाए।
09:42
Speaker A
बाबुको एउटै चिनो टोपी लिएर उनी वनझाक्रीहरुसँगै गुफामा फर्किए।
09:51
Speaker A
बिस्तारै बिस्तारै बटुक उनीहरुको प्रिय पात्र बन्न पुग्यो।
09:58
Speaker A
झन् सोम त उसको छुट्नै नसक्ने साथी बन्यो।
10:04
Speaker A
बटुकले जंगलमा गिट्ठा भ्याकुर खान सिक्यो।
10:10
Speaker A
झुरो चकमकले आगो बाल्न सिक्यो।
10:14
Speaker A
कहिलेकाहीँ वनझाक्रीले वन कुखुरा र खरायोको शिकार गरी ल्याउथ्यो।
10:22
Speaker A
उनीहरु पोलेको मासु निकै स्वाद मानेर खान्थे।
10:28
Speaker A
गँड्यौला, गंग्रेटा, पाहा, भ्यागुतो र माछाहरु पनि उनीहरुको आहार हुन्थ्यो।
10:38
Speaker A
वनका जनावरहरु उनका साथीहरु भए।
10:42
Speaker A
वनझाक्रीले उसलाई रुखमा चढ्ने, एक हाँगाबाट अर्को हाँगामा हाम फाल्ने,
10:57
Speaker A
बिस्तारै बिस्तारै वनझाक्रीले उसलाई जंगली जनावरहरुसँग बार्तालाप गर्ने भाषा पनि सिकायो।
11:06
Speaker A
एक ताकाको कुरा हो।
11:11
Speaker A
माघ महिनाको दिन थियो।
11:18
Speaker A
सोम र बटुक गिट्ठा भ्याकुर खोज्न भनि निस्किए।
11:24
Speaker A
वनझाक्रीकी पत्नी नुमाले माया गर्दै भनिन्।
11:31
Speaker A
टाढा नजानु नि, शत्रुहरुको आँखा पर्न सक्छ।
11:37
Speaker A
बटुकले पनि हवस् भनेर टाउको हल्लायो।
11:41
Speaker A
वनझाक्री र उसको पत्नीले एकैसाथ भने।
11:47
Speaker A
शुभयात्रा।
11:50
Speaker A
यसरी सोम र बटुक जाँदै गर्दा बाटोमा अजंगको भालु देखियो।
11:58
Speaker A
भालुले उनीहरुलाई लखेट्न थाल्यो।
12:01
Speaker A
उनीहरुले जंगली भाषाबाट भालुलाई बुझाउन खोजे।
12:08
Speaker A
तर सफल हुन भने सकेनन्।
12:12
Speaker A
सायद त्यो भालु अन्त कुनै जंगलबाट आएको थियो।
12:18
Speaker A
यसरी केही नलागेपछि उनीहरु भाग्न थाले।
12:25
Speaker A
उनीहरु बादरले झैँ रुखको एउटा हाँगाबाट अर्को हाँगामा उफ्रेर पुग्थे।
12:32
Speaker A
यसो गर्दा गर्दा उनीहरु एकापसबाट छलिए।
12:37
Speaker A
त्यसपछि बटुक सोमलाई नदेखेर आत्तियो।
12:42
Speaker A
बटुकले सबै कागहरुलाई बोलाएर सोमको खोजखबरमा सहयोग माग्यो।
12:50
Speaker A
कागहरु पनि तत्कालै कोलाहल मचाउँदै उडे।
12:57
Speaker A
र एकैछिनमा खबर ल्याएर बटुकलाई भन्यो।
13:02
Speaker A
सोम राक्षसको पञ्जामा छ।
13:07
Speaker A
उसलाई बचाउने भए तिमी तुरुन्त काली गुफामा जाउ।
13:14
Speaker A
कागहरुको इशारामा बटुक काली गुफाको नजिकै पुग्यो।
13:20
Speaker A
र चिच्यायो।
13:23
Speaker A
सोम।
13:26
Speaker A
सोम।
13:29
Speaker A
यतिकैमा सोमको चर्को आवाज आयो।
13:33
Speaker A
बटुक।
13:36
Speaker A
बटुक आवाज आएतिर दौडियो।
13:39
Speaker A
एउटा भयानक राक्षसले सोमलाई काँधमा बोकेर गुफातिर लैजाँदै गरेको कुरा बटुकले देख्यो।
13:49
Speaker A
बटुकले चिच्याएर भन्यो।
13:52
Speaker A
खबरदार, मेरो साथीलाई छोडिदेउ।
13:57
Speaker A
नत्र म।
14:00
Speaker A
बटुकको आवाज सुनेर राक्षस बेस्सरी हाँस्यो।
14:07
Speaker A
ऊ यसरी हाँस्यो कि ऊ हाँस्दा जंगल नै थर्कियो।
14:14
Speaker A
र चराहरु समेत आत्तिएर उडे।
14:18
Speaker A
राक्षस बटुक भइतिर फर्कियो र भन्यो।
14:22
Speaker A
आइजा फुच्चे, आज मलाई देउताले दुईवटा बच्चाहरु खानु भनेको रहेछ।
14:29
Speaker A
दुःखै नगरिकन दुईजना मेरो घरमा आइपुगे।
14:34
Speaker A
त्यो राक्षसका आँखा आगोका कोइला जस्तो देखिन्थ्यो।
14:40
Speaker A
र बोल्दा मुखबाट आगो निस्किन्थ्यो।
14:45
Speaker A
उसका घुम्रिएका काला कपालहरु हावामा हल्लिरहेका थिए।
14:51
Speaker A
यस्तो दृश्य देखेर बटुकलाई चिन्ता पर्यो।
14:56
Speaker A
शत्रु निकै बलवान् छ। अब कसरी लड्ने? कुनै जुक्ति नसोच्ने हो भने त यसले हामीलाई मारिदिन्छ।
15:05
Speaker A
यति सोचेर बटुकले भन्यो।
15:08
Speaker A
राक्षस दाइ, खुरुक्क सोमलाई छोड।
15:13
Speaker A
अन्यथा।
15:15
Speaker A
राक्षसले भन्यो।
15:18
Speaker A
केको अन्यथा हो? के गर्छस् फुच्चे?
15:22
Speaker A
यति भनेर राक्षस मज्जाले हाँस्यो।
15:27
Speaker A
त्यसपछि सोमले पनि हाँस्दै भन्यो।
15:31
Speaker A
अन्यथा मर्ने पालो तिम्रो।
15:35
Speaker A
बटुकको यस्तो कुरा सुनेर बटुकलाई हाँसेको देखेर राक्षस छक्क पर्यो।
15:42
Speaker A
अनि भन्यो।
15:45
Speaker A
म किन मर्ने? मलाई कसले मार्ने?
15:49
Speaker A
तिमी आफै मर्नेछौ।
15:52
Speaker A
मेरो साथीले भर्खरै मसान्ते प्रेतबाट वरदान पाएको छ। जसले यसको कुभलो चिताउला ऊ एकदिन एक रातभित्रै मर्नेछ भनेर।
16:03
Speaker A
त्यसकारण यसलाई चलाउनु बेकार छ।
16:07
Speaker A
अलिकति बुद्धि भएदेखि यसलाई छोड।
16:13
Speaker A
बरु माफ माग, तिमी बाँच्नेछौ।
16:17
Speaker A
बटुकको यस्तो कुरा सुनेर राक्षस हिस्सकियो।
16:21
Speaker A
त्यसो भए म तँलाई खान्छु।
16:24
Speaker A
राक्षस सोमलाई त्यहीँ छोडेर बटुक भइतिर दौडियो।
16:31
Speaker A
त्यति नै बेला बटुकले सोमलाई भाग्न भन्यो र आफू चाहिँ अग्लो रुखको हाँगामा पुग्यो।
16:39
Speaker A
बलसारि राक्षसको लागि त्यो रुख के नै थियो र?
16:44
Speaker A
एकै हातले समातेर राक्षसले त्यस रुखलाई उखालिदियो।
16:50
Speaker A
बटुक मुस्किलले अर्को रुखमा हाम फाल्यो।
16:54
Speaker A
अन्ततः राक्षससँग फुत्किने बाटो नभेटेपछि युद्ध गर्नु बाहेक अरु कुनै विकल्प थिएन।
17:03
Speaker A
राक्षसलाई युद्धमा हराउनु पनि कहाँ सजिलो थियो र?
17:08
Speaker A
किनकि राक्षस मायावी थियो।
17:11
Speaker A
बटुकले रुखैबाट बाण हान्यो।
17:15
Speaker A
तर राक्षसले हाँस्दै बाणले हातले समातेर कच्याकुचुक पारिदियो।
17:22
Speaker A
अन्ततः बटुकले वनझाक्रीले सिकाएको मन्त्र पढेर एउटा वायुपंखी घोडा बोलायो।
17:28
Speaker A
र त्यसमा आफू र सोमलाई चढाउन थाल्यो।
17:34
Speaker A
त्यसपछि राक्षस आफ्नै मन्त्र बलले घोडाको पछि पछि उड्यो।
17:39
Speaker A
त्यसपछि कागको एउटा बथान एकैपटक राक्षस माथि खनियो।
17:46
Speaker A
र राक्षसलाई जमिनमा झार्यो।
17:49
Speaker A
तर राक्षस तुरुन्तै उठ्यो र आगो उगल्दै अगाडि बढ्यो।
17:54
Speaker A
यसरी आगोको लप्काका कारण कागहरु नजिक आउन सकेनन्।
18:01
Speaker A
राक्षस फेरि आकाशमा उड्यो।
18:04
Speaker A
बटुकले वायुपंखी घोडामा सोमलाई घर पठायो र आफू राक्षससँग जमिनमा बसेर बाण हानी युद्ध गर्न थाल्यो।
18:12
Speaker A
तर राक्षसको सामुन्ने ऊ निकै कमजोर हुँदै गयो।
18:18
Speaker A
अन्ततः उसले आफ्नो मन्त्रद्वारा नागहरुलाई बोलायो।
18:24
Speaker A
र नागहरु आएर उसलाई सोधे।
18:28
Speaker A
हामीले के मद्दत गर्न सक्छौँ?
18:31
Speaker A
त्यसपछि बटुकले नागहरुलाई भने।
18:35
Speaker A
नागराजहरु, कृपया यसको हात र खुट्टाहरु बाँधिदिनुहोस्।
18:43
Speaker A
ताकि यसले मन्त्र लगाए पनि खोल्न नसकोस्।
18:49
Speaker A
नागहरुले पनि बटुकले भनेको जस्तै गरे।
18:53
Speaker A
राक्षस जमिनमा पछारियो।
18:56
Speaker A
उसले तुरुन्त गरुडहरुलाई बोलाएर नागको दोहोलो काँड्यो।
19:01
Speaker A
तर बटुकले बाण हानेर गरुड जातिहरुलाई छिनभरमै मारिदियो।
19:07
Speaker A
अन्ततः एउटा हात्ती बोलाएर बटुकले राक्षसलाई पक्रेर भन्यो।
19:12
Speaker A
नागहरुले बाँधेको राक्षस तुरुन्त फुस्कन सकेन।
19:17
Speaker A
हात्तीले राक्षसलाई सुँडले बेरिदियो।
19:21
Speaker A
त्यसपछि राक्षसलाई लिएर बटुक आफ्नो गुफातिर अगाडि बढ्यो।
19:28
Speaker A
उता वायुपंखी घोडामा गएको सोमले बाबुलाई सबै हालखबर सुनाइसकेको थियो।
19:33
Speaker A
वनझाक्री त्यही वायुपंखी घोडामा चढेर आउँदै थियो।
19:39
Speaker A
बाटोमा बटुकलाई देखेर उनी ओर्लिए।
19:43
Speaker A
बटुकको पराक्रम र बुद्धि देखेर उनले तारिफ गर्दै भन्यो।
19:50
Speaker A
बधाई छ।
19:53
Speaker A
उसले राक्षसलाई छोडिदिन भन्यो।
19:56
Speaker A
नाग र हात्तीले छोड्नासाथ राक्षस फेरि युद्ध गर्न तम्सियो।
20:01
Speaker A
त्यसपछि वनझाक्रीले एकै झट्कामा उसलाई तरबारले हानेर पहाडबाट खसालइदियो।
20:09
Speaker A
त्यसपछि उनीहरु खुसी हुँदै घर फर्किए।
20:13
Speaker A
त्यसै दिनदेखि वनझाक्रीले बटुकलाई तरबार पनि साथमा राख्न दियो।
20:19
Speaker A
यसरी बटुकको वनझाक्रीहरुसँगको बास धेरै वर्ष बित्यो।
20:26
Speaker A
बटुकले उसँग धेरै कुरा सिक्यो।
20:30
Speaker A
औषधि बनाउने, मन्त्र लगाउनेदेखि मायावी विद्यासम्म सिक्यो।
20:37
Speaker A
एक दिनको कुरा हो।
20:41
Speaker A
आहार खोज्न जाँदा बाटोमा उसले एकजना स्त्रीलाई देखेपछि उसलाई आफ्नो आमाको सम्झना आयो।
20:50
Speaker A
र ऊ दुखी हुँदै घर फर्कियो।
20:54
Speaker A
त्यो दिन उसले राम्रोसँग खानेकुरा पनि खाएन।
21:00
Speaker A
काठको फलेकमा बसिरहेको बेला उसको आँखाबाट टपटप आँसु चुहियो।
21:09
Speaker A
र संयोगवश त्यो आँसु सोमको आमाको निधारमा पर्यो।
21:15
Speaker A
उसले तुरुन्तै बटुकलाई बोलायो र रुनुको कारण सोधी।
21:21
Speaker A
बटुकले पनि नढाँटीकन आफ्नो आमाको सम्झना आएको कुरा सुनायो।
21:27
Speaker A
त्यसपछि वनझाक्रीहरु पनि बटुकको हालत देखेर निकै दुखी भए।
21:33
Speaker A
भोलिपल्ट बिहानै गरूङ्गो मन गरेर वनझाक्रीहरुले बटुकलाई बिदा गरे।
21:41
Speaker A
सोम बटुक जाने भनेपछि निकै रोयो।
21:46
Speaker A
वनझाक्रीका दम्पतिका आँखाहरुबाट पनि आँसुका वर्षा भयो।
21:53
Speaker A
स्वयं बटुक पनि रोए।
21:56
Speaker A
जाने बेलामा उसले भन्यो।
22:01
Speaker A
म छिट्टै फर्किनेछु।
22:04
Speaker A
उनीहरुले सोमलाई चितुवालाई बोलाएर राति बटुकलाई गाउँसम्म पुर्याउने आदेश दियो।
22:11
Speaker A
चितुवाले पनि त्यसै गर्यो।
22:14
Speaker A
बिहान हुँदासम्म बटुक एउटा गाउँमा पुगिसकेको थियो।
22:20
Speaker A
उसले जंगलको जडीबुटी बेचेर भोटो किनी लगायो।
22:25
Speaker A
भोटो र धोती लगाएर गएको बटुकको कपाल भने मुन्द्रा परेको थियो।
22:31
Speaker A
उसको भाषा पनि त्यति राम्रो थिएन।
22:35
Speaker A
खोज्दा खोज्दा ऊ एउटा झोपडीमा पुग्यो।
22:40
Speaker A
त्यस झोपडीमा एकजना बिरामी स्त्री थिइन्।
22:43
Speaker A
उनी एक्लै थिइन्।
22:46
Speaker A
त्यो अनौठो रुपको मान्छे देखेर उनी दङ्ग परिन्।
22:51
Speaker A
त्यसपछि बटुकले घाटीमा बाँधेको एउटा जन्तर र बाबुको टोपी देखाउँदै भन्यो।
22:58
Speaker A
आमा खोजेको।
23:01
Speaker A
ती बिरामी महिलाले ती चीजहरु देख्नासाथ चिच्याइन्।
23:07
Speaker A
तिमीले मेरो बटुकलाई देखेको छौ? कहाँ छ मेरो बटुक?
23:12
Speaker A
त्यसपछि बटुकले भन्यो।
23:15
Speaker A
बटुक, म बटुक।
23:18
Speaker A
आफ्नो शरीरलाई देखाउँदै बटुकले बोल्यो।
23:22
Speaker A
त्यसपछि ती महिलाले १० वर्षपछि हराएको छोरा भेटिन्।
23:27
Speaker A
र अँगालो मार्न थालिन्।
23:30
Speaker A
उनीहरु धेरै बेर सम्म खुब रोए।
23:34
Speaker A
बटुकको चर्चा गाउँभरि हुन थाल्यो।
23:38
Speaker A
बटुकको भाइ पनि दाजु चाहिँलाई देखेर निकै छक्क पर्यो।
23:44
Speaker A
र रातिको खाना खाइ होरी बटुक वनझाक्रीलाई सम्झेर सुत्यो।
23:50
Speaker A
सपनामा वनझाक्री आएर उसको आमाको नाडी समात्यो र औषधि दिँदै भन्यो।
23:57
Speaker A
चिन्ता नगर, निको हुन्छ।
24:00
Speaker A
बटुक ब्युँझियो र सपनाको कुरा आमालाई सुनायो।
24:04
Speaker A
आमाले पनि त्यही सपना देखेकी रहेछिन्।
24:08
Speaker A
तर आश्चर्य।
24:11
Speaker A
वनझाक्रीले दिएको औषधि पनि त्यहीँ थियो।
24:15
Speaker A
उसले आमालाई औषधि सेवन गरायो र जस्तै मुहु भन्ने वैद्यले पनि निको पार्न नसकेको रोग निको हुँदै गयो।
24:24
Speaker A
बटुकले समाज र छरछिमेक सबैलाई चिन्यो।
24:29
Speaker A
तर आफ्नो जस्तो भने कोही पनि लागेन।
24:34
Speaker A
उसलाई आफ्नो भन्ने ती आमा मात्र हुन् जस्तो लाग्यो।
24:39
Speaker A
कसै कसैले त उसलाई जंगली भनेर पनि खिल्ली उडाए।
24:44
Speaker A
तर ऊ कसैसँग रिसाएन।
24:47
Speaker A
दुई महिना जति बितेपछि उसले वनझाक्रीको परिवार र सोमालाई सम्झियो।
24:54
Speaker A
एक रात सपनामा उसले सोमा बिरामी भएको देख्यो।
25:01
Speaker A
सोमा बटुक बटुक भनेर चिच्याइरहेको थियो।
25:06
Speaker A
बटुक चसङ्ग भएर ब्युँझियो।
25:09
Speaker A
उसले आफ्नो आमालाई सम्पूर्ण सपनाका कुराहरु बताए।
25:14
Speaker A
तर आमा चाहिँले सपना हो भनेर सम्झाउन खोजिन्।
25:20
Speaker A
तर बटुकको चित्त भने बुझेन।
25:23
Speaker A
त्यसपछि बटुकले आमालाई भन्यो।
25:26
Speaker A
आमा, म एकपटक वनझाक्रीलाई भेटेर आउँछु।
25:31
Speaker A
उनीहरुले मलाई जीवन दिएका छन्।
25:34
Speaker A
माने भने बरु यहीँ लिएर आउँछु।
25:38
Speaker A
र त्यसपछि आमालाई छिट्टै फर्किने आश्वासन दिएर जंगलतिर लाग्यो।
25:45
Speaker A
जंगलको बीच भागमा पुग्नासाथ उनले बनेली भाषामा हात्तीलाई बोलायो।
25:52
Speaker A
उसँगै हुर्के बढेको र उसलाई असाध्यै माया गर्ने सामरा नाम गरेको हात्ती उसको आवाज सुन्नासाथ नजिक आयो।
26:00
Speaker A
र उसलाई बोकेर वनझाक्रीको गुफातिर बढ्यो।
26:04
Speaker A
त्यहाँ पुग्दा साँच्चिकै सोमा बिरामी भएको देख्यो।
26:09
Speaker A
ऊ बटुककै नाम लिइरहेको थियो।
26:12
Speaker A
वनझाक्री र उसकी पत्नी नजिकै बसेर रोइरहेका थिए।
26:19
Speaker A
बटुकका आँखा तत्काल रसाए।
26:22
Speaker A
उसले तुरुन्तै गएर सोमलाई अँगालो मार्यो।
26:26
Speaker A
वनझाक्रीका दम्पती पनि खुसीले आँसु पुछ्न थाले।
26:31
Speaker A
बटुक पुगेकै दिन सोमको व्यथा निको हुन थाल्यो।
26:36
Speaker A
जंगली जनावरहरु जो उसको साथीहरु थिए ऊ आएको खबरले सबैजना भेला भए।
26:43
Speaker A
बटुक सबै सँग ल्यास्रिएको थियो।
26:46
Speaker A
पछि गाउँबाट बटुकले आफ्नो आमालाई पनि त्यहीँ ल्यायो र वनझाक्रीको परिवारसँग मिलेर बस्न लाग्यो।
26:52
Speaker A
भनिन्छ, अहिले पनि कालीवनमा वनझाक्रीको घर देख्न पाइन्छ।
26:59
Speaker A
कस्तो लाग्यो त हजुरहरुलाई आजको कथा?
27:03
Speaker A
आशा छ मन पर्यो होला।
27:06
Speaker A
यहाँहरुको सल्लाह सुझाव कमेन्ट गर्न सक्नुहुन्छ।
27:11
Speaker A
र कथा मन पर्यो भने प्लिज लाइक र शेयर पनि गरिदिनुहोला।
27:16
Speaker A
हस् त छिट्टै नै अर्को कथा लिएर उपस्थित हुनेछु।
27:22
Speaker A
आजको लागि भने नमस्ते।
Topics:वन झाक्रीनेपाली लोककथापचभैयासाहसिक कथाजंगलको कथामन्त्र तन्त्रराक्षसबटुकलोककथानेपाली संस्कृति

Get More with the SozAI App

Transcribe recordings, audio files, and YouTube videos — with AI summaries, speaker detection, and unlimited transcriptions.

Or transcribe another YouTube video here →