धिमे धामी र काईली आमाको कथा, गाउँको जीवन र सामाजिक मान्यतामा आधारित लोककथा।
Ask about this video. Answers come from its transcript only — with the timestamp, so you can check them.
Generated from the transcript and can be wrong — check the timestamp.
Key Takeaways
- सामाजिक पूर्वाग्रह र हल्लाले व्यक्तिको छवि प्रभावित हुन्छ।
- सन्तान नहुने पीडा र त्यसको समाधान खोज्ने प्रयास कथा को मुख्य विषय हो।
- लोकविश्वास र औषधिको प्रयोग गाउँको जीवनशैलीमा गहिरो छ।
- सहयोग र समझदारीले सामाजिक सम्बन्धलाई बलियो बनाउन सक्छ।
- लोककथाले सांस्कृतिक र मानवीय मूल्यहरूलाई संरक्षण गर्छ।
What the video covers
- गाउँमा बुढाबुढी हर्कै र सिता बस्दथे, जो असल र सहयोगी थिए।
- सिता र हर्कैको कुनै सन्तान थिएन, जसले उनीहरूलाई चिन्तित बनायो।
- काईली आमा, गाउँकी विधुवा र विवादास्पद पात्र, सिता संग भेट्न आउँछिन्।
- गाउँलेहरूले काईली आमाको बारेमा नकारात्मक हल्ला फैलाएका थिए।
- सिता र काईली आमाबीचको संवादले सामाजिक पूर्वाग्रह र मान्यताहरू देखाउँछ।
- काईली आमाले सिता लाई सन्तानको उपाय सिकाउने प्रस्ताव राख्छिन्।
- काईली आमाले औषधि र मन्त्र प्रयोग गरी सन्तानको उपाय बताउँछिन्।
- सिता को मनमा आशा र डर दुबै मिश्रित हुन्छ।
- कथा गाउँको जीवनशैली, सामाजिक सम्बन्ध र लोकविश्वासहरूलाई उजागर गर्छ।
- कथा लोककथाको रूपमा सांस्कृतिक र मानवीय पक्षहरूलाई समेट्छ।
Full Transcript — Download SRT & Markdown
Speaker A
धेरै पहिलेको कुरा हो।
Speaker A
कुनै एउटा गाउँमा एकजोडी बुढाबुढी बस्थे।
Speaker A
बुढाचैको नाम हर्कै थियो भने बुढीको नाम सिता।
Speaker A
सिता निक्कै नै असल थिइन्। गाउँमा परेको बेलामा सबैलाई मद्दत पनि गर्थिन्।
Speaker A
हेर्दा पनि असाध्यै राम्री। बत्तिसै लक्षणले युक्त देवी जस्तै देखिन्थी।
Speaker A
उनको यस्तो रुप र शिल स्वभाव देखेर गाउँकाहरु आइमैहरु जल्ने गर्थे।
Speaker A
हर्कै पनि उत्तिकै राम्रो थियो। गाउँमा कसैलाई मर्दा पर्दा हर्कै नै अगाडि सरेर जाने गर्थ्यो।
Speaker A
त्यो हुनाले गाउँमा यी जोडीलाई सबैले मन पराउँथे।
Speaker A
उनीहरुलाई सम्पत्तिको केही दुख थिएन। तर त्यो सम्पत्ति हेर्ने भने सन्तान कोही थिएनन्।
Speaker A
त्यही पिरले ती बुढाबुढीलाई निक्कै सताएको थियो।
Speaker A
तै पनि दैवको लेखा यस्तै रहेछ भनेर उनीहरुले आफ्नो मन बाँधेर बसेका थिए।
Speaker A
एकदिन बिहान सबेरै गाग्रो बोकेर सिता पानी लिन भने पधेरो तिर गइराखेकी थिइन्।
Speaker A
पधेरो गाउँबाट अलि पर जंगलको छेउमै थियो।
Speaker A
यसरी झिसमिसेमै उनी जाँदाखेरि परबाट कसैलाई आइरहेको देखिन्।
Speaker A
तर अध्यारै भएको कारणले गर्दा को हुन् भनेर ठम्याउन सकिनन्।
Speaker A
त्यसको केही समयपछि त्यो मान्छे नजिकै आइपुग्यो। अनि हेर्दाखेरि त काइली आमा रहिछिन्।
Speaker A
काइली आमा त्यसै गाउँकी एउटी विधुवा बुढी थिइन्।
Speaker A
काइली आमाको जवानीमै पोइ मरेको हुनाले दुखजेलो गरेर त्यही गाउँमा बस्ने गर्थिन्।
Speaker A
तर उनको बारेमा गाउँलेहरुको विचार भने खासै राम्रो थिएन।
Speaker A
गाउँलेहरु भन्थे जब काइली आमा आउँछिन् तब केही न केही आपत्ति आइपर्छ।
Speaker A
तर उनको अगाडि भने गाउँलेहरुले यो कुरा भन्ने हिम्मत कहिले गरेनन्।
Speaker A
त्यत्तिकैमा काइली आमा सिताको नजिकै आइपुगिन्।
Speaker A
अनि भन्न थालिन्। ओहो सिते बिहान बिहान गाग्री लिएर पधेरातिर हिँडेकी?
Speaker A
काइली आमालाई देखेर ठोक्कर्दै भनिन्।
Speaker A
हजुरआमा अब के गर्नु घरधन्दाको काम अहिले नै पधेरो गएन भनेदेखि त घरधन्दा सक्याउनै मुस्किल पर्छ।
Speaker A
फेरि अहिले घाम माथि आइसकेपछि बारीमा पनि जानु छ।
Speaker A
त्यही भएर एकाबिहानै हिँडेकी।
Speaker A
अनि काइली आमा यति बिहान तपाईँ चाहिँ कता हिँड्नुभएको?
Speaker A
सिताले यसरी सोधिसकेपछि काइली आमाले भनिन्।
Speaker A
के गर्छेस सिते यस्तै हो यो घरधन्दाको काम कहिले सकिन्न।
Speaker A
बरु यसो फुर्सद मिल्यो भने आज मेरोमा आइजा है। अलिकति मकै थियो जाँतो चलाउन निक्कै गाह्रो पर्न थाल्यो।
Speaker A
बरु यसो पिसीदिन्छस् कि भनेर।
Speaker A
त्यसपछि सिताले भनिन्। ए आमा चिन्तै नगर्नुस् न।
Speaker A
म घरधन्दा सकेर आइहाल्छु।
Speaker A
त्यति जाँतो पिस्न कति नै समय लाग्छ र।
Speaker A
ल अब बिस्तारै जानु है त भरे भेटौँला।
Speaker A
त्यसपछि काइली आमा पनि लौ त भनेर आफ्नो बाटोतिर लागिन्।
Speaker A
उता सिते पनि पानी थाप्न पधेरोतिर गइराखेकी थिइन्।
Speaker A
पधेर्नीहरुले सिता र काइली आमा कुरा गरिरहेको परैबाट हेरिरहेका थिए।
Speaker A
त्यत्तिकैमा एउटा पधेर्नीले भनिन्। ए सिता दिदी के हो आजकल काइली आमासँग खुब आँन्द्रा जोडिएको छ।
Speaker A
विचार गर है विचार गर। तिनको बारेमा त गाउँमा के के हो के के हल्ला सुनिन्छ।
Speaker A
फेरि भोलि पछुताउनु पर्ला नि।
Speaker A
त्यत्तिकैमा सिताले भनिन्। होइन यो मोरी के भन्छे?
Speaker A
त्यस्तो बुढी आमाको बारेमा नानाभाँती कुरा गर्न लाज लाग्दैन?
Speaker A
त्यत्तिकैमा उनको कुरा सकिन नपाउँदै माइलीले भन्दछे।
Speaker A
होइन सिता दिदी भाकै कुरा गरेको हो।
Speaker A
नपत्याए अस्ति भर्खरको कुरा हेर्नु न। हाम्रो पल्लाघरे छिमेकी रामे दाइको घरमा गाई ब्याएको थियो।
Speaker A
अनि त्यसै दिन ती काइली आमा दुध माग्न आइपुगिन्।
Speaker A
बिचरा रामे दाइले आज त दुध सकिसक्यो आमै अब बेलुकातिर आउनुहोला।
Speaker A
अलिकति बाछाबाछीलाई भनेर राखेको छु मात्रै के भनेको थियो काइली आमा रिसले बर्बराउन थालिन्।
Speaker A
अनि तेरो गाईको दुध तै खा भनेर त्यहाँबाट रिसाएर गइन्।
Speaker A
बिचरा रामे के गरोस् अब फाइदै दिन्थे पनि होलान्।
Speaker A
तर के गर्नु त्यसको भोलिपल्टै रामे दाइको गाई थलै पर्यो।
Speaker A
अनि पाँच दिनमा त मरिगो नि त्यो त तपाईँलाई पनि थाहा होला।
Speaker A
यो त अहिले भर्खर भएको घटना हो।
Speaker A
अरु पनि यस्ता त कति सुनेको छु कति।
Speaker A
त्यही भएर मात्र भनेका हौँ।
Speaker A
लौ बिहान बिहान अरुको कुरा के गर्नु।
Speaker A
ल म त लागे है।
Speaker A
यति भनेर माइली पनि त्यहाँबाट घरतिर लागिन्।
Speaker A
उता सिता मनमा कुरा खेलाउन थालिन्।
Speaker A
अनि सोच्दै थिइन्। होइन यिनीहरुले भनेको कुरा साच्चै होला त?
Speaker A
कि माइली आमा होइन म पनि कस्ती मुर्ख दश जना गाउँलेहरुको कुरा सुनेर ती बुढी आमाको बारेमा के के सोच्न थाले।
Speaker A
यति भनि उ पानी लिएर घर पुगी।
Speaker A
यसरी घर पुगेर घरधन्दा गर्दा पनि उनको दिमागमा भने काइली आमाकै कुरा खेलिरहेको थियो।
Speaker A
त्यत्तिकैमा सितेले आगनीको डिलमा बसेर हँसिया धार लगाइरहेको हर्कैलाई सोधी।
Speaker A
ए बुढा सुन न।
Speaker A
हर्कैले भन्दछ। के भयो किन बोलाकी?
Speaker A
त्यसपछि सितेले भन्दछे। आज दिउँसो काइली आमाले यसो मकै पिसीदिन्छस् कि भनेर बोलाएकी थिइन्।
Speaker A
हर्कैले भने।
Speaker A
अनि के भयो त?
Speaker A
जान त तँलाई कतै जानलाई मैले कहिले रोकेको छु र।
Speaker A
तिमीले कहिले रोक्यौ भनेर भनेकी हो र?
Speaker A
आज बिहान पधेरामा ती केटीहरु के के के के कुरा गर्दै थिए उनको बारेमा।
Speaker A
त्यही भएर मनमा कस्तो कस्तो लागेर सोधेकी नि।
Speaker A
हर्कैले हाँस्दै भन्छन्।
Speaker A
फाइट त्यस्तो पधेर्नीहरुको कुरा पनि मनमा लिने हो र?
Speaker A
तिनीहरु खाना पचाउन के के भन्छन् के के भन्छन्।
Speaker A
गएर त्यो बुढी आमालाई यसो सगाइदिँदा तेरो के जान्छ र।
Speaker A
तँलाई अहिले सम्म ती बुढी आमाले केही नराम्रो गरेकी छिन् त?
Speaker A
या त्यस्तो केही नराम्रो भनेकी छिन् त?
Speaker A
सिताले मुन्टो हल्लाएर भनिन्।
Speaker A
छैन।
Speaker A
अनि देखिस् त यो पधेर्नीहरुको कुरा सुन्न थाल्यो भने त मान्छे पागल हुन्छ।
Speaker A
बरु गएर यसो त्यो बुढी आमालाई सगाइदिस् भने स्वर्गमा जाने ढोका खुल्ला।
Speaker A
यति भनेर हर्कै बन्चरो र हँसिया लिएर लौ म जंगलतिर लागे है भनेर लागे।
Speaker A
उता सिता पनि घरधन्दाको काम सकेर काइली आमाको घरतिर लागिन्।
Speaker A
उता काइली आमा जंगलको छेउनीरकको एउटा सानो झुपडीमा बस्थिन्।
Speaker A
यसरी काइली आमाको घर पुगिसकेपछि ढोका बाहिरबाट उनले बोलाइन्।
Speaker A
आमै ए आमै होइन घरमा हुनुहुन्न कि क्या हो।
Speaker A
त्यसपछि काइली आमा चाहिँ खोक्दै बाहिर निस्किन्।
Speaker A
अनि भनिन्। ए सिते आइपुगिस् ल उता गुन्द्री छ ओछ्याएर बस।
Speaker A
सिताले पनि गुन्द्री ओछ्याएर बसी।
Speaker A
अनि काइली आमा भन्दछिन्। लौ तँलाई भोक लाग्यो कि?
Speaker A
यसो अलिकति भुटन छ खान्छेस।
Speaker A
गाउँघरमा माछामासु भन्ने कुरा दशैँ तिहार र पाहुनापाछी आउँदा मात्र पाइने हुनाले सिताको मुख रसायो।
Speaker A
अनि भन्न थालिन्।
Speaker A
ए पाए त किन खान्नथे र आमै ल्याउनु न खाइहाल्छु नि।
Speaker A
त्यसपछि काइली आमाले मकै देखाउँदै भन्न थालिन्।
Speaker A
लौ ऊ त्यहाँ मकै झुन्ड्याएको छ।
Speaker A
पिन्दै गर् म तताएर ल्याएर दिन्छु।
Speaker A
यति भनेर उनी घरभित्र लागिन्।
Speaker A
अनि सिताले पनि झुन्ड्याएको मकैका घोगाहरु निकालेर जाँतोमा पिस्न थालिन्।
Speaker A
जाँतो घ्वार घ्वार गरेको आवाज काइली आमाको घरैभरि गुन्जिँदै थियो।
Speaker A
उता काइली आमा भने भान्छामा भुटन तताउन थालिन्।
Speaker A
केही समयपछि चिउरा मुलाको अचार र अलिकति भुटन ल्याएर काइली आमाले सितालाई दिँदै भनिन्।
Speaker A
ल आइजा सिते पहिला यति खा अनि फेरि गर्लिस्।
Speaker A
त्यसपछि सिता पनि हुन्छ भनेर पिँढीमा रहेको सुकुलमा आएर बसी।
Speaker A
अनि खाजा चपाउन थालिन्।
Speaker A
यसरी चिउरा र मासु उसलाई साह्रै मन पर्यो। होइन आमा यो मासु त साह्रै मिठो छ त।
Speaker A
यस्तो मिठो मासु त मैले अहिले सम्म खाएको थिइन।
Speaker A
होइन केको मासु हो यो?
Speaker A
काइली आमाले हाँस्दै भनिन्।
Speaker A
ए तँलाई मिठो लाग्यो यो मासु।
Speaker A
लौ त्यसो भएदेखि बेला मौकामा मेरो घरमा आउँदै गर्। यस्तै मिठो मासु पकाएर तँलाई म ख्वाइहाल्छु नि।
Speaker A
त्यसपछि सिताले काइली आमालाई सशंकित दृष्टिले हेरी।
Speaker A
तर भन्न भने केही सकिन।
Speaker A
अनि जे भए पनि मासु चाहिँ मिठो रहेछ भनेर खाएर उनी फेरि मकै पिस्नतिर लागिन्।
Speaker A
यसरी मकै पिस्दै गर्दा काइली आमाले पिँढीमा बसेर गफ निकालिन्।
Speaker A
होइन है सिते तेरो विवाह भएको त धेरै भयो।
Speaker A
अब यसो सन्तान पनि जन्माउने विचार छ कि जिन्दगीभरि बाँझी नै बस्छेस।
Speaker A
कान्छी आमाको यस्तो वचन उसको मुटुमा लाग्यो।
Speaker A
अनि उनले भनिन्। के गर्नु आमै सन्तानको रहर नभएको त कहाँ हो र?
Speaker A
तर आफूले चाहेर मात्र नहुने रहेछ।
Speaker A
काइली आमाको यस्तो कुरा सुनेर सिताको कान ठाडठाडो भयो।
Speaker A
अनि बडो आशाले भरिएको आँखाले काइली आमाको मुखमा हेर्न थालिन्।
Speaker A
अनि भनिन्।
Speaker A
होइन आमै त्यस्तो के उपाय हो? लौ न सिकाइदिनु पर्यो।
Speaker A
म तपाईँको सेवा जिन्दगीभर गर्नेछु।
Speaker A
सितेको यस्तो कुरा सुनेर काइली आमाले फेरि भनिन्।
Speaker A
मेरो जिन्दगीभर सेवा गर्नु पर्दैन।
Speaker A
बेला आएपछि के गर्नु पर्छ म तँलाई भनौँला।
Speaker A
त्यत्तिकैमा मकै पनि सबै पिसेर सकियो।
Speaker A
अनि काइली आमाले भनिन्।
Speaker A
ए सिते एकछिन भित्र आइजा आइजा।
Speaker A
त्यसपछि उनी भित्र गइन्।
Speaker A
अनि काइली आमाले भन्न थालिन्।
Speaker A
लौ तँलाई सन्तान हुने उपाय आजैबाट गर्न थालौँ।
Speaker A
मसँग एउटा अचुक औषधि छ।
Speaker A
त्यो पनि मैले मेरो सासु आमाबाट सिकेकी हुँ।
Speaker A
यति भनेर उनले सितालाई बस्न हराइन्।
Speaker A
अनि आफ्नो पुरानो बाकसबाट एउटा ढुङ्गो निकालिन्।
Speaker A
काइली आमाको यस्तो चर्तिकलाले सितालाई मनमा कता कता डर पनि लागिरहेको थियो।
Speaker A
तर सन्तान पाउने इच्छाले गर्दाखेरि उनले आफ्नो डरलाई काबु गरेर काइली आमाको गतिविधि नियाल्न थालिन्।
Speaker A
अनि काइली आमाले हातमा ढुङ्गा राख्दै भन्न थालिन्।
Speaker A
हेर सिते आज यो कोठाभित्र भएको कुरा तैले बाहिर कसैलाई पनि नगरिस्।
Speaker A
गरिस् भनेदेखि ठूलो अनिष्ट हुनेछ।
Speaker A
तँलाई त मैले मेरो आफ्नै छोरी जस्तो लागेर यो सबै कुरा तेरो सामुन्ने गर्दैछु।
Speaker A
सिताले त्यहाँ भएका कुरा कसैसँग पनि नगर्ने बाचा गरी।
Speaker A
अनि काइली आमाले आफ्नो हातमा रहेको ढुङ्गा एउटा थालीमा राखिन्।
Speaker A
एउटा चक्कुले आफ्नो औँला काटी एक थोपा रगत त्यो ढुङ्गामा पारिन्।
Speaker A
यसरी रगत पर्ने बित्तिकै काइली आमा के के भनेर मन्त्र बर्बराउन लागिन्।
Speaker A
र त्यो ढुङ्गा कोइला झैँ रातो भएर बलेर आयो।
Speaker A
यो देख्दा सिताको हँसले ठाउँ छोड्यो।
Speaker A
तर पनि उनी मुटु दरो बनाएर यी सबै कुरा हेर्न थालिन्।
Speaker A
अनि काइली आमाले बिस्तारै त्यो ढुङ्गा लिएर सिताको पेटको वरिपरि घुमाउँदै मन्त्र बर्बराउँदै काप्न थालिन्।
Speaker A
यति गर्दाखेरि बेहोस भएर सिता त्यही लडी।
Speaker A
अनि केही समयपछि होस आउँदा उनले आफूलाई काइली आमाको ओछ्यानमा पाइन्।
Speaker A
र बिस्तारै उठेर बाहिर निस्किँदाखेरि काइली आमा पिँढीमा बसिरहेकी थिइन्।
Speaker A
अनि सितेले सोधी।
Speaker A
आमा मलाई के भएको थियो?
Speaker A
म त बेहोस पो भएछु।
Speaker A
त्यसपछि काइली आमाले भनिन्।
Speaker A
तँ चिन्ता नगर।
Speaker A
तँलाई सन्तान हुने उपाय मात्र गरेको हो।
Speaker A
बरु भोलि नबिर्सिकन बिहान पधेरो जाने बेलामा यहाँ छिर्नु।
Speaker A
अनि यहाँ भएको कुरा कसैसँग पनि नगर्नु।
Speaker A
यदि गरिस् भनेदेखि तेरो ज्यानैमा आइपर्ला।
Speaker A
यति सुनिसकेपछि उनी हस भनेर त्यहाँबाट लागिन्।
Speaker A
बाटोमा उनको मनमा धेरै प्रश्नहरु थियो। अनि उसले झट्ट सम्झी।
Speaker A
ओहो पधेर्नीहरुले भनेको कुरा कतै साँचो त होइन।
Speaker A
काइली आमा कतै बोक्सी त होइन?
Speaker A
लौ मैले अनिष्ट गरे भनेर उनले मनमा ठूलो शोक व्यक्त गरिन्।
Speaker A
तर अब ढिला भइसकेको थियो।
Speaker A
तर अब जे होला होला। जे भए पनि एउटा सन्तान भएदेखि त तिनी बोक्सी हुन् कि जो हुन्।
Speaker A
मलाई केको चासो भनेर उनी घरतिर लागिन्।
Speaker A
यसरी घर पुगिसकेपछि खाना बनाएर खाए होरी ओछ्यानमा सुत्न भने गइन्।
Speaker A
तर त्यो रातभरि उनलाई निन्द्रा लागेन।
Speaker A
बिहान झिसमिसेमै गाग्रो बोकेर उनी पधेरो जान भनेर लागिन्।
Speaker A
पधेरो जाने बेलामा काइली आमाले बोलाएको हुनाले त्यतैतिर लागिन्।
Speaker A
यसरी परैबाट हेर्दाखेरि काइली आमाको घरको छानोबाट धुवाँ उडिरहेको थियो।
Speaker A
अनि उनले मनमनै विचार गरिन्।
Speaker A
ओहो यिनी आमै त कति छिटो उठिसकेछिन्।
Speaker A
अनि चुलो पनि जलाइसकेछिन्।
Speaker A
यति सोच्दै उनी घरको अगाडि पुगेर ढोका ठकठकाइन्।
Speaker A
यसै ढोका ठकठकाउँदा ढोका बिस्तारै आफैँ खुल्यो।
Speaker A
अनि उनी भित्र गएर हेरिन्।
Speaker A
काइली आमा चुलोमा फुक्दै सितालाई भन्न थालिन्।
Speaker A
ए आइपुगिस् ल बस।
Speaker A
अनि राति निन्द्रा त राम्रोसँग पर्यो नि।
Speaker A
उनको यस्तो कुरा सुनेर सिताले भनिन्। कहाँ हुनु आमा मलाई त रातभरि निन्द्रा लागेन।
Speaker A
खै के हो के हो ओछ्यानमा केले बिचायो केले सुत्नै सकिन।
Speaker A
जिउ पनि फत फत पोलिरहेको थियो।
Speaker A
सिताको यस्तो कुरा सुनेर काइली आमाले हाँस्दै भनिन्।
Speaker A
ए हो र?
Speaker A
ल ल सबै ठिक हुन्छ धन्दा नमान।
Speaker A
ल बरु यो खा भन्दै उनले एक बटुको मासु सितालाई दिइन्।
Speaker A
अनि सिताले मासु देखेर भनिन्। आमै एकाबिहानै मासु आमै।
Speaker A
त्यसपछि काइली आमैले भनिन्।
Speaker A
केही हुन्न खा खा हिजोको बचेको थियो।
Speaker A
पधेरोबाट मेरो घर नजिकै छ। त्यही भएर तँलाई खाना आइजा भनेर भनेकी।
Speaker A
अ साच्ची सुन त तेरो सन्तान हुने उपाय गर्नको लागि अब एउटा अन्तिम विधि बाँकी छ।
Speaker A
त्यही भएर आज म मध्यराति नबिर्सिकन आइजा है। उनको यस्तो कुरा सुनेर सिताले भनिन्।
Speaker A
आमै मध्यरातिमा कसरी आउनु?
Speaker A
अनि बुढोलाई कहाँ जान्छु भनेर भन्नु।
Speaker A
त्यसपछि काइली आमाले भनिन्।
Speaker A
त्यो कुराको त धन्दै नमान न।
Speaker A
लौ यो लगेर तेरो बुढालाई खानामा मिसाएर खान दे।
Speaker A
त्यसपछि उनी आरामले बिहानसम्म सुत्छन्।
Speaker A
अनि तँ आइस्।
Speaker A
यति भनेर काइली आमाले सितालाई एउटा सानो कागजमा केही कुरा पोको बनाएर दिइन्।
Speaker A
सन्तानको चाहामा सिताले पनि हुन्छ भनेर पोको लिइ मासु खाएर पधेरोतिर गइन्।
Speaker A
र साविक झैँ आफ्नो काम सकेर रातिको खाना खाने बेलामा त्यही काइली आमाले दिएको पोको फुकालेर हेर्न थालिन्।
Speaker A
हेर्दाखेरि त्यसमा हरियो हरियो रङको केही धुलो कुरा थियो।
Speaker A
त्यसैलाई बुढाको तरकारीमा मिसाएर खान दिइन्।
Speaker A
त्यो खाने बित्तिकै बुढा चाहिँ निक्कै जिउ दुखेको छ।
Speaker A
ल म पल्टे है भनेर ओछ्यानतिर लागे।
Speaker A
यसरी बुढाचैलाई खाना दिँदाखेरि कतै केही भइहाल्छ कि भन्ने डर पनि उनलाई मनमा थियो।
Speaker A
त्यही भएर बुढा ओछ्यानमा गएको केही समयमा उनी फेरि सुटुक्क हेर्न गइन्।
Speaker A
उनको बुढा मस्त निन्द्रामा थियो।
Speaker A
त्यसपछि उनी एउटा बर्को ओढेर बिस्तारै घरबाट निस्किन्। र काइली आमाको घरतिर लागिन्।
Speaker A
उता उनी घरबाट निस्किने बित्तिकै बुढा चाहिँ जुरुक्क उठे।
Speaker A
र खाटमुनि हेर्दै भन्न थाले।
Speaker A
ए धिमे दाइ छिटो बाहिर निस्कियो। उता बाहिर निस्किन् त।
Speaker A
यति आवाज हुने बित्तिकै हर्कैको खाटमुनिबाट त्यसै गाउँको धिमे धामी बाहिर निस्कियो।
Speaker A
वास्तवमा सिताको बुढालाई सितामाथि पहिले शंका लागिसकेको थियो।
Speaker A
त्यही भएर उनले अघिल्लो दिनै गएर धिमे धामी कहाँ सल्लाह गरेका थिए।
Speaker A
र धिमे धामीलाई सबै कुरा भनिसकेपछि धिमे धामीले उनलाई एउटा जडिबुटी दिएको थियो।
Speaker A
जसको प्रभावले गर्दा काइली आमाले दिएको कुरा खानासँग मिसाएर खाँदा पनि त्यसको असर उनमा भएको थिएन।
Speaker A
अनि दुवै जना फेरि बिस्तारै बिस्तारै सिताको पछि पछि लागे।
Speaker A
उता सिता जब काइली आमाको घरमा पुगिन् उनले ढोका ठकठकाइन्।
Speaker A
त्यसपछि बिस्तारै काइली आमाले ढोका खोलिन्।
Speaker A
र यता उता हेरेर उनलाई भित्र लगिन्।
Speaker A
उता हर्कै र धिमे धामी पनि लुक्दै लुक्दै सिताको पछि पछि काइली आमाकै घरमा आइपुगे।
Speaker A
त्यसपछि धिमे धामीले काइली आमाको घरको चारै खुनामा मन्चेर केही कुरा गाडीदिए।
Speaker A
र बाहिर बसेर ठ्याङ्ग्रो ठटाउँदै मन्त्र जप्न थाले।
Speaker A
यो कुराको चाल काइली आमाले भित्र थाहा पाइन्।
Speaker A
त्यसपछि उनले सितालाई बेहोस पारिन्।
Speaker A
र तिनलाई घरैभित्र छाडेर आफू भाग्न खोजिन्।
Speaker A
तर धिमे धामीले पहिले चारैतिर जाल बिछाइसकेको हुनाले उनलाई निक्कै मुस्किल पर्यो।
Speaker A
उनी बाहिर जान सकिनन्।
Speaker A
र उनलाई भयंकर मुस्किल पर्यो।
Speaker A
त्यसपछि दुवै जनाले आआफ्नो मन्त्रले एक अर्कालाई प्रहार गर्न थाले।
Speaker A
धिमे धामी पनि कम्ताको जान्ने धामी थिएन।
Speaker A
उनी सात गाउँ प्रख्यात धामी थिए।
Speaker A
उनको शक्तिको अगाडि जस्तो मै हुँ भन्ने पनि आच्छु आच्छु हुन्थ्यो।
Speaker A
उता काइली आमा पनि निक्कै पाका बोक्सी थिइन्।
Speaker A
उनले पनि आफूले जानेसम्मको बोक्सी विद्या निकालेर धिमे धामीलाई आक्रमण गरिन्।
Speaker A
यसरी उनीहरुको भयंकर युद्ध भयो।
Speaker A
अन्तमा काइली आमाको केही लागेन।
Speaker A
धिमे धामीले उनलाई आफ्नो मन्त्रले बाँधी अनि प्रश्न गर्दै भन्न लागे।
Speaker A
लौ तँ को होस् खोलोस् त भन।
Speaker A
अनि तैले सितासँग के गर्न लागेको होस्?
Speaker A
होइन भने म तँलाई अहिले यही भस्म पार्छु।
Speaker A
यति भन्दै उनले मन्त्र फुकेर चामलले काइली आमालाई हाने।
Speaker A
त्यसपछि काइली आमा काम्दै भन्न थालिन्।
Speaker A
तिनलाई मार्ने मेरो कुनै उद्देश्य थिएन।
Speaker A
तिनलाई त मैले सानैदेखि मन पराउँथे।
Speaker A
तर तिनले मलाई छोडेर त्यो सितासँग विवाह गरे।
Speaker A
त्यति हुँदा पनि मैले आफ्नो मन बाँधेरै राखेको थिएँ।
Speaker A
तर तिनले मेरो सबै वास्तविकता थाहा पाइसकेका थिए।
Speaker A
त्यही कारणले तिनलाई मार्नु बाहेक अरु कुनै उपाय थिएन।
Speaker A
त्यही भएर मारेको हुँ।
Speaker A
अब त्यो सिते र त्यसको बच्चालाई पनि बाँकी राख्ने छैन।
Speaker A
यति सुन्ने बित्तिकै भन्झाक्रीलाई साह्रै रिस उठ्यो।
Speaker A
अनि उसले केही नभनिकन ठ्याङ्ग्रो जोड जोडले ठटाउँदै मन्त्र बर्बराउन थाल्यो।
Speaker A
महिना खुब काम्न थालिन्।
Speaker A
र त्यहीँ प्राण त्याग गरिन्।
Speaker A
त्यसपछि धिमे धामी सरासर सितेको घरमा गए।
Speaker A
अनि आफ्नो मन्त्रले महिनाले गाडेको महिनाभरिको कपडा सितेको आगनबाट निकाले।
Speaker A
र त्यसलाई मन्त्रले बेरेर खोलामा लगेर फालिदिए।
Speaker A
बिचरा सिते आफ्नो प्राण भन्दा पनि प्रिय पति गुमाउन परेकोमा निक्कै चिन्तामा थिइन्।
Speaker A
उनी दिनरात रोएर बस्थिन्।
Speaker A
गाउँले छरछिमेकीहरुले धेरै सम्झाए।
Speaker A
तर पनि जसले जति सम्झाए पनि आफ्नो मनको पिडा अरुले कहाँ बुझ्छन् र।
Speaker A
बिस्तारै समय बित्दै जाँदाखेरि सिताको घरमा पनि नौ महिना पुगेर दश महिना लाग्यो।
Speaker A
र उसले जुम्ल्याहा छोरा र छोरी पाइन्।
Speaker A
त्यसपछि तिनैको मुख हेरेर आफ्नो चित्त बुझाइ उनले आफ्नो गुजारा चलाउन थालिन्।
Topics:लोककथाकाईली आमाधिमे धामीगाउँको जीवनसामाजिक पूर्वाग्रहसन्तानको उपायऔषधि र मन्त्रनेपाली कथापरम्परासहयोग










