**Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Fagun 17 gate 2082 . — Transcript & SRT | SozAI**
Source: https://sozai.app/transcript/today-news-nepali-news-aaja-ka-mukhya-samachar-nep-transcript/

Answers

## Questions about this video

निर्वाचन आचार संहिता उल्लंघन गर्नेलाई के कारबाही हुन्छ?

निर्वाचन आचार संहिता उल्लंघन गर्नेलाई उम्मेदवारी खारेज र ६ वर्षको प्रतिबन्धको चेतावनी दिइएको छ। कांग्रेसले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ र आयोगले आचार संहिता उल्लंघनमा शून्य सहनशीलता अपनाउने बताएको छ।

केपी ओलीले देश बचाउने कि नबचाउने भन्ने प्रश्न कसलाई सोधेका छन्?

एमाले अध्यक्ष केपी ओलीले निर्वाचनको सम्मुखमा नागरिकलाई 'यो देश बचाउने कि नबचाउने' भन्ने प्रश्न सोधेका छन्। उनले आफूलाई छटपटी हुँदा निदाउन नसकेको र सरकारमा फर्किएपछि संग्रहालयको ३ करोड बजेट जुटाउने बताएका छन्।

निर्वाचनमा नगद चलखेल गर्नेलाई के कारबाही हुन्छ?

निर्वाचनमा नगद चलखेल गर्नेहरुको उम्मेदवारी खारेज हुने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले चेतावनी दिएका छन्। यसले निर्वाचनलाई निष्पक्ष बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

## Full Transcript — Download SRT & Markdown

00:04

Speaker A

चुनाव आउन अब चार दिन बाँकी मतदाता शिक्षा आजदेखि सकिने।

00:08

Speaker A

घृणाको भाषा बोल्नेहरुकै सामाजिक सञ्जालमा हल्ला हुन्छ, अस्वभाविक होइन।

00:12

Speaker A

कांग्रेस उपसभापति पुष्पा भुसालको भनाइ झिन्जीको मर्म बुझेर कांग्रेसले युवा उम्मेदवार बनाएको छ।

00:18

Speaker A

निर्वाचनको सम्मुखमा नागरिकलाई एमाले अध्यक्ष केपी ओलीको प्रश्न यो देश बचाउने कि नबचाउने।

00:24

Speaker A

ओलीको भनाइ तपाईहरुलाई छटपटी हुँदा म निदाउन सकिन।

00:27

Speaker A

सरकारमा फर्किएपछि संग्रहालयको ३ करोड बजेट जुटाउने।

00:31

Speaker A

अध्यक्ष ओलीको भनाइ झापामा ओलीलाई भोट माग्दै एमालेका उपमहासचिव योगेश भट्टराईको भनाइ।

00:35

Speaker A

उहाँको हारजित देशको हारजितसँग जोडिएको छ।

00:39

Speaker A

भट्टराईको दाबी ठेगाना बिनाका झिल्केबाट सचेत हुनुहोला।

00:43

Speaker A

गृहमन्त्री ओमप्रकाश अर्यालको भनाइ एमाले चुनावको विरोधमा थिएन, शान्ति सुरक्षाको सुनिश्चितता खोजेको थियो।

00:49

Speaker A

निर्वाचन आचार संहिता विपरीत कार्य गर्नेलाई कारबाही गर्न कांग्रेसले गरायो आयोगको ध्यानाकर्षण।

00:54

Speaker A

आचार संहिता उल्लंघनमा शून्य सहनशीलता, उम्मेदवारी खारेज र ६ वर्षको प्रतिबन्धको चेतावनी।

00:59

Speaker A

निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउने काममा सरकार सतप्रतिशत लागेको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री डाक्टर कुमार इङनामको जिकिर।

01:48

Speaker A

मतगणना स्थलमा सुरक्षाको प्रश्न उठ्न नदिन सरकार सचेत रहेको मन्त्री इङनामको भनाइ।

01:51

Speaker A

१ करोड ८९ लाख मतदाताका लागि २३ हजार मतदान केन्द्रमा विशेष व्यवस्था।

01:56

Speaker A

निर्वाचनमा नगद चलखेल गर्नेहरुको उम्मेदवारी खारेज हुने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको चेतावनी।

02:02

Speaker A

निर्वाचनको सम्पूर्ण तयारी पुरा हिमाली भेगका दुर्गम बस्तीसम्म पुग्यो सामग्री।

02:07

Speaker A

अन्तर्राष्ट्रिय सिमाना जोडिएका जिल्लामा राति १२ बजेदेखि नाका बन्द हुने।

02:11

Speaker A

रासपा कर्णालीमा पहिरो प्रदेश महामन्त्री सहितका नेता कांग्रेसमा प्रवेश।

02:15

Speaker A

काठमाडौँ ९ मा जसपाले लियो उम्मेदवारी फिर्ता कांग्रेसलाई समर्थन।

02:19

Speaker A

रुपन्देही २ मा राप्रपाले कांग्रेसलाई समर्थन गर्ने।

02:21

Speaker A

कन्चनपुर २ मा कांग्रेस एमालेको पकड तोड्ने दौडमा रासपा र नेकपा।

02:25

Speaker A

मोरङ ६ मा उज्यालो नेपालका उम्मेदवार बसन्तले एमालेका बिनोद ढकाललाई गरे समर्थन।

02:30

Speaker A

अधुरा काम पुरा गर्न र जनकपुरलाई वेडिङ हब बनाउन आफ्नो उम्मेदवारी रहेको नेकपा एमालेकी नेत्री एवं धनुषा निर्वाचन क्षेत्र नम्बर ३ की उम्मेदवार जुली कुमारी महतोको भनाइ।

02:37

Speaker A

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा तीन जना पक्राउ।

03:22

Speaker A

सिराहाका विभिन्न स्थानबाट दलको लोगो र उम्मेदवारीको तस्बिर अंकित टिसर्ट बरामद।

03:26

Speaker A

पोखरामा महिलामाथि अभद्र व्यवहार गर्ने पार्किङ कर्मचारी पक्राउ।

03:30

Speaker A

अमेरिका र इजरायलको पक्षमा उभिनु नेपालको दीर्घकालीन हित हुने भूराजनीतिक विश्लेषक अरुण कुमार सुवेदीको भनाइ।

03:36

Speaker A

शिखर पावर डेभलपमेन्टको आइपीओ खुल्यो सुपर खुदी हाइड्रोपावरको आइपीओ बाँडफाँड।

03:40

Speaker A

शेयर बजार १९.२७ अंकले बढ्यो १३ वटै समूहको उपसूचक बढे।

03:44

Speaker A

अन्तर्राष्ट्रिय खबरमा अमेरिकी सेनाले इरानमा ठूलो र निरन्तर आक्रमण सुरु गरेको ट्रम्पको दाबी।

03:49

Speaker A

इरानका सर्वोच्च नेता खामेनी मारिए।

03:51

Speaker A

भारतमा सडक दुर्घटना हुँदा ६ जनाको मृत्यु ९ घाइते।

03:54

Speaker A

पाकिस्तानी हवाई हमलामा कन्धारमा तीन जना मारिए ७ घाइते।

03:57

Speaker A

खेल खबरमा श्रीलंका क्रिकेट टिमका मुख्य प्रशिक्षक शरद जयसूर्याले राजीनामा दिने।

04:01

Speaker A

राष्ट्रिय लिग फुटबलमा आर्मीको सहज जित।

04:04

Speaker A

र डेर क्लासिकरमा केनको दुई गोल ५ गोल थ्रिलरमा बारेनले डटमुन्डलाई हरायो।

05:06

Speaker A

दर्शक महानुभाव नमस्कार, समाचारपाटी डटकमको न्युज बुलेटिनमा यहाँलाई हार्दिक स्वागत छ म रामशरण नेपाली।

05:12

Speaker A

सदाको झैँ आज पनि हामी उपस्थित भएका छौँ आजका मुख्य समाचार, ब्रेकिङ न्युज, न्युज अपडेट लगायत तपाईँलाई काम लाग्ने हेर्नै पर्ने महत्वपूर्ण समाचार लिएर।

05:20

Speaker A

हामीलाई अन्तिमसम्म हेर्नुहोला हाम्रो मेहनतको लागि यो भिडियोमा एउटा लाइक अवश्य गर्नुहोला।

05:26

Speaker A

हाम्रो च्यानल अहिलेसम्म सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला अनि नजिकै आउने बेल आइकनमा क्लिक गर्नुहोला।

05:32

Speaker A

देश भित्रबाट हेर्दै हुनुहुन्छ भने आफू रहेको गाउँ, ठाउँ, शहर, जिल्लाको नाम लेख्नुहोला विदेशमा हुनुहुन्छ भने कुन देशबाट हेर्दै हुनुहुन्छ त्यो कुरा तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला।

05:41

Speaker A

दैनिक रुपमा हेर्नुहुन्छ भने रेगुलर भनेर लेख्नुहोला आज पहिलो पटक हेर्दै हुनुहुन्छ भने फर्स्ट टाइम भनेर लेखिदिनुहोला।

05:48

Speaker A

आउनुहोस् दर्शक महानुभाव आजका मुख्य समाचार सुरु गरौँ चुनाव आउन अब चार दिन बाँकी मतदाता शिक्षा आजदेखि सकियो।

05:56

Speaker A

यससम्बन्धी प्रसङ्गबाट।

05:59

Speaker A

प्रतिनिधि सभाको निर्वाचन आउन अब चार दिन मात्रै बाँकी छ निर्वाचन तालिका अनुसार भोलि राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ।

06:45

Speaker A

दलहरुले भोलि रातिसम्म मात्र जुलुस आमसभा र प्रचार प्रसारका कार्यक्रम गर्न पाउनेछन्।

06:50

Speaker A

निर्वाचन आयोगका अनुसार सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ मतपत्र मतपेटिका तथा निर्वाचन सामग्री सबै जिल्लामा पुर्याइसकिएको छ।

06:56

Speaker A

पहाडी र हिमाली जिल्लाका मतदान केन्द्रमा खटिने मतदान अधिकृत सामग्री बुझबुझारत गरी कार्यक्षेत्रतर्फ लागिसकेका छन् भने तराई मधेश र शहरी जिल्लामा भने मतदान अधिकृतको अनुशिक्षण भइरहेको छ।

07:04

Speaker A

प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिन्हमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् प्रत्यक्षतर्फ ३०१७ पुरुष ३८८ महिला र एक अन्य गरी ३४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

07:19

Speaker A

त्यसैगरी समानुपातिक निर्वाचन प्रणालीतर्फ १३६३ पुरुष र १७७२ महिला गरी ३१३५ उम्मेदवार प्रतिस्पर्धामा छन् यसपटकको निर्वाचनमा १ करोड ८९ लाख ३६८९ मतदाता छन्।

07:32

Speaker A

यस्तै निर्वाचन आयोगले गत फागुन ३ गतेबाट सञ्चालन गरेको मतदाता शिक्षा आज सक्दैछ २५ करोड लगानी गरेर बदर मत घटाउने उद्देश्यका साथ देशभर मतदाता शिक्षा सञ्चालन गरेको हो।

08:20

Speaker A

यसैबीच निर्वाचन आयोगले चुनावका दिन अत्यावश्यक सवारी साधनलाई कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ आयोगले सवारी साधन सञ्चालन सम्बन्धी व्यवस्थापनलाई प्रभावकारी व्यवस्थित र अत्यावश्यक सेवा मैत्री बनाउन सवारी साधनको अनुमति सम्बन्धी कार्यविधि २०८२ अनुरुप पास आवश्यक नपर्ने उल्लेख गरेको छ।

08:37

Speaker A

आयोगले दमकल एम्बुलेन्स सबवाहन खानेपानीका दुध फलफुल तरकारी माछा मासु पेट्रोलियम पदार्थ बोकेका सवारी साधनलाई कुनै प्रकारको पास आवश्यक नपर्ने जनाएको छ यस्तै दूरसञ्चार सेवा खानेपानी विद्युत ढल मर्मतका लागि प्रयोग हुने सवारी साधन अस्पतालका सेवाका सवारी साधन अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई घरदेखि अस्पताल र अस्पतालदेखि घरसम्म आवतजावत गर्न पास आवश्यक नपर्ने आयोगले उल्लेख गरेको छ अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई सेवाका यात्रु बोकेका सवारी साधन विमानस्थलदेखि घर वा होटलसम्म र घर वा होटलदेखि विमानस्थलसम्मलाई कुनै पास जरुरी नपर्ने स्पष्ट पारिएको छ।

09:09

Speaker A

त्यस्तै हिडडुल गर्न नसक्ने गर्भवती सुत्केरी आफ्नै बच्चा बोकेकी महिला क्रियापुत्री शारीरिक रुपमा अशक्त वा अपाङ्गता भएका व्यक्ति हिडडुल गर्न नसक्ने जेष्ठ नागरिक मतदाता र निजका एकजना सहयोगी बोकेका सवारी साधनले पनि निर्बाध रुपमा सञ्चालन हुन सक्नेछन्।

10:04

Speaker A

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले घृणाको भाषा बोल्नेकै पछिमा सामाजिक सञ्जाल हुने बताउँदै त्यसलाई आफूले अस्वभाविक नलिएको टिप्पणी गर्नुभएको छ।

10:11

Speaker A

आइतबार काठमाडौँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा थापाले यस्तो टिप्पणी गर्नुभएको हो कोलाहल छ बाहिर ठूलो हल्ला छ सामाजिक सञ्जालमा हल्ला छ त्यो सञ्जालको हल्लालाई म अस्वभाविक मान्दिन।

10:22

Speaker A

थापाले भन्नुभयो संसारभरि सामाजिक सञ्जाल कसको पक्षमा हुन्छ जसले घृणाको भाषा बोल्छ म यहाँ अहिले उभिएर कसैलाई एक मिनेट गाली गरे भने बेलुका म भाइरल हुन्छु।

10:31

Speaker A

आफूले मिलाउने कुरा गरिरहेको भन्दै यस्तो भाषा कसैलाई पनि मन नपर्ने उहाँको भनाइ थियो आज मैले यहाँ बोलिरहेको भाषा मिडियाका साथीहरुलाई पनि मन पर्दैन किनकि म सफ्ट बोलिरहेको छु मिलाउने कुरा गरिरहेको छु यो बिक्दैन।

10:43

Speaker A

उहाँले भन्नुभयो तर देश बिकाउने कुराले मात्रै चल्दैन देश यस्तै नबिक्ने कुराले चल्छ पार्टीका कार्यकर्ताहरुले थप मेहनत गरेर अघि बढ्नुपर्ने उहाँको भनाइ छ पार्टीका साथीहरुले पनि मेहनत गर्नुपर्नेछ थकाइ नमान्नुहोला अब बाँकी रहेका दिनमा पनि यसैगरी काम गर्न सकिन्छ थापाले भन्नुभयो।

10:58

Speaker A

नेपाली कांग्रेसका उपसभापति पुष्पा भुसालले झिन्जीको मर्म बुझेर कांग्रेसले नयाँ तथा युवा उम्मेदवार बनाएकाले मतदाताको रोजाइमा पर्नेमा आफू ढुक्क भएको बताउनुभयो पाल्पाको निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार सन्दीप राणाको चुनावी अभियानमा सहभागी हुँदै भुसालले भन्नुभयो।

11:48

Speaker A

गगन थापाको नेतृत्वमा परिवर्तन भएर आएको नेपाली कांग्रेसको देशभरि नै माहोल आएको छ उहाँले मुलुकको समृद्धिसँग युवा महिला जनजाति र दलित समुदायको सपना अब कांग्रेसले पुरा गर्ने बताउनुभयो।

11:57

Speaker A

पाल्पाका दुईवटै निर्वाचन क्षेत्रमा कांग्रेसले झिन्जीको मर्मलाई बुझेर युवा उम्मेदवार बनाएको बताउँदै पहिलो पटक संसद निर्वाचनमा फ्रेस युवालाई कांग्रेसले अगाडि सारेको बताउनुभयो।

12:10

Speaker A

उपसभापति भुसालले पाल्पा १ उम्मेदवार सन्दीप राणा ठूलो जिम्मेवारी लिन सक्ने युवा भएको समेत बताउनुभयो उम्मेदवारको इमान्दारिता योजना र व्यक्तित्व हेरेर मतदान गर्न मतदातालाई उहाँले आग्रह गर्नुभयो आफ्नो ठाउँ र भविष्य हामी आफै बनाउने हो उहाँले भन्नुभयो।

12:25

Speaker A

पाल्पाले मतदाताले भविष्य बोकेका युवा उम्मेदवारलाई मत दिएर संसदमा पुर्याउनुपर्छ उहाँले पछिल्लो पटक कांग्रेस बदलिएर आएको र देशको नेतृत्व गर्न सक्ने पार्टी भएको बताउनुभयो कांग्रेस लोकतान्त्रिक पार्टी हो लोकतान्त्रिक अभ्यास अनुसार देश चलाउनुपर्छ उहाँले भन्नुभयो।

13:20

Speaker A

पाल्पाका नागरिकले आफ्नो मतदानबाट कांग्रेस उम्मेदवारलाई जिताएर देशको विकासमा साथ दिन सक्नुहुन्छ देश परिवेश र भूगोल जानेको पाल्पाली र नेपालीलाई परेको बेला साथ दिइरहेको राणालाई संसदमा लानुको विकल्प नभएको उहाँले बताउनुभयो।

13:34

Speaker A

उम्मेदवार राणाले जनताको माया र ममता पाएको अब मतदानबाट पनि आफूलाई नै रोज्नेमा विश्वस्त रहेको बताउनुभयो मेरा संकल्प र प्रतिज्ञाबाट मतदाता उत्साहित हुनुहुन्छ उहाँले भन्नुभयो त्यसैले पनि मतदानबाट मलाई विजयी बनाउनुहुन्छ भन्ने लागेको छ विगत ३१ वर्षदेखि पाल्पा क्षेत्र नम्बर १ मा एमाले विजयी हुँदै आएको र यसपटक मत फेर्नेमा अब ढुक्क भएको उहाँले बताउनुभयो।

13:54

Speaker A

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो देश बचाउने कि नबचाउने भन्ने प्रश्न गर्नुभएको छ आइतबार सामाजिक सञ्जालमा निर्वाचन लक्षित अपिल गर्दै उहाँले निर्माणको बाटो रोज्ने कि ध्वंसको बाटो रोज्ने बेला आएको बताउनुभएको छ।

14:06

Speaker A

यो सोध्न मिल्ने प्रश्न होइन तर सोध्नै पर्ने भएको छ उहाँले भन्नुभएको छ निर्माणको बाटो रोज्ने कि ध्वंसको बाटो रोज्ने बेला आएको छ कतिपय सन्दर्भमा आफूसँग नागरिकका गुनासो भए पनि आफूले राष्ट्रियता अखण्डताको सवालमा कहिले सम्झौता नगरेको र कहिले नगर्ने बताउनुभएको छ अब स्पष्ट कित्ताकाट गर्नुपर्ने भएको छ तपाई निर्माणको बाटोमा कि ध्वंसको बाटोमा उहाँले भन्नुभएको छ।

15:06

Speaker A

यतिबेला तपाईले कित्ता प्रष्ट गर्नुभएन भने बोल्नुभएन भने कालान्तरमा तपाईले आफूले नै आफूलाई कहिल्यै माफ गर्नुहुने छैन।

15:13

Speaker A

उहाँले देश बचाउने भनेको सिंहदरबार जोगाउनु संसद जोगाउनु र देशका अन्य महत्वपूर्ण सार्वजनिक सम्पत्ति जोगाउनु रहेको भन्दै ती सम्पत्ति देशका प्रत्येक नागरिकका करबाट निर्माण भएको स्मरण गराउनुभयो।

15:22

Speaker A

ओलीले अब आफूले बाँचेको दिन भन्दा बाँच्ने दिन कम रहेको भन्दै धेरै बाँच्नेहरुका लागि निरन्तर लड्ने तर्क गर्नुभएको छ उहाँले संविधान बचे मात्र नागरिकका सबै अधिकार बच्ने बताउनुभयो।

15:32

Speaker A

उहाँले प्रत्येक नागरिकमा देश पहिले भन्ने भावना विकास हुन आवश्यक रहेको बताउनुभयो उहाँले बेलै नभई हठात प्रतिनिधि सभा विघटन गरी चाँडै निर्वाचन गराउन लागेकोमा पनि असन्तुष्टि पोख्नुभयो उहाँले जननिर्वाचित सरकारलाई जालझेल गरी बहिर्गमन गराएको र देशभर विध्वंस मच्चाएको प्रति पुनः विरोध जनाउनुभयो।

15:48

Speaker A

ओलीले नेपालमा कुनै पनि आवरणमा मिसिएको धुवाँ प्रवेश नगरोस् भन्ने कामना पनि गर्नुभएको छ मध्यपूर्वमा भइरहेको मिसाइल आक्रमणका कारणले आफू निदाउन पनि नसकेको ओलीको भनाइ छ मध्यपूर्वमा भएका लाखौँ नेपालीहरु आपत र कोलाहलमा भएकाले उनीहरुका परिवार पलपल छटपटाएर बस्नुपरेको प्रति चिन्ता प्रकट गर्दै ओलीले मध्यपूर्वी देशहरु माथिको आकाशबाट बर्षिएका मिसाइलको धुवाँको दृश्यले आफूलाई निन्द्रा नपरेको बताउनुभएको छ।

16:49

Speaker A

सामाजिक सञ्जाल फेसबुकमा ओलीले लेख्नुभएको छ ती देशमा लाखौँ नेपाली आपत र कोलाहलमा छन् तिनका परिवारले यहाँ पलपल छटपटाएर बस्नुपरेको छ अवसर छनोटका लागि खुल्ला विश्वमा आज संसारका नागरिक संसारैभरि आउन जानु स्वभाविक भएको पनि ओलीले बताउनुभएको छ।

17:02

Speaker A

अस्वभाविक र खतरनाक कुरा त युद्ध र भूराजनीतिक चपेटा हो ती देशहरु पनि पक्कै पनि युद्ध चाहँदैनन् थिए तर शक्तिको स्वार्थ घुसेपछि विध्वंस हुनुपर्ने ओलीले नेपालमा अहिलेसम्म सौभाग्यवश मिसाइलको धुवाँ भोग्न नपरेको उल्लेख गर्नुभएको छ।

17:14

Speaker A

अध्यक्ष ओलीले प्रार्थना गर्दै भन्नुभएको छ कुनै पनि आवरणमा त्यो आउन नसकोस् आज तपाईँहरुलाई छटपटी भइरहँदा म निदाउन सकिन बेचैन छु अध्यक्ष ओलीले सबैलाई सजगता र धैर्यता लिन आह्वान गर्दै यसबेला सजगता धैर्य विवेक र साहस लिनुपर्ने बताउनुभएको छ।

17:29

Speaker A

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी घरदैलोको क्रममा धिमाल सांस्कृतिक संग्रहालयको अवलोकन गर्नुभएको छ अवलोकनका क्रममा स्थानीय बासिन्दा र संग्रहालयमा व्यवस्थापन समितिसँग कुरा गर्दै ओलीले संग्रहालयको विकासका लागि आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभयो ओलीले आफू सरकारमा हुँदा संग्रहालयका लागि विनियोजन गरेको बजेट वर्तमान सरकारले कटौती गरेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो।

18:24

Speaker A

उहाँले भन्नुभयो म फेरि सरकार बनाएर आएपछि म यसलाई जुटाउने छु यस क्षेत्रको विकास गरिनेछ र यो संग्रहालयको विकास गरिनेछ यो पार्टी भनेको विनाश गर्ने पार्टी होइन देश बनाउने पार्टी हो त्यसकारण सबैको सल्लाह र सुझाव आवश्यक छ।

18:41

Speaker A

अध्यक्ष ओलीले एमाले विकास प्रेमी पार्टी भएको दाबी गर्दै देश निर्माणका लागि सबै पक्षको रचनात्मक सल्लाह र सुझावको खाँचो रहेको औँल्याउनुभयो उहाँले धिमाल जातिको मौलिक संस्कृति संरक्षणमा संग्रहालयले खेल्ने भूमिका महत्वपूर्ण हुने बताउँदै यसको स्तरोन्नति लागि आफू सधैँ तत्पर रहने बताउनुभयो।

18:57

Speaker A

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी ओलीको हारजित एक जना ओलीको मात्र नभई यो देशको हारजित भएको बताउनुभएको छ।

19:05

Speaker A

झापा ५ मा ओलीलाई भोट माग्दै भट्टराईले भन्नुभयो केपी ओलीको विजय वा पराजय यो देशको विजय वा पराजयसँग जोडिएको छ नेपाली त्योसँग जोडिन्छ नेपाली राष्ट्रियता र स्वाभिमानसँग जोडिन्छ केपी ओलीको विजय भनेको यो देशको स्वाभिमानलाई माथि उठाउने कुरा हो राष्ट्रियतालाई माथि उठाउने कुरा हो हामी नेपाली हौँ भन्ने पहिचानलाई अझ माथि उठाउने विषय हो।

20:03

Speaker A

पार्टीका आन्तरिक विषयलाई धेरै ठूलो चर्चा परिचर्चा नगर्न उहाँको आग्रह थियो स्थानीय तहदेखि संघसम्म कोही संसद कोही पार्टीमा बसेर साथै केहीले जनसङ्गठनमा रहेर आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने भट्टराईको भनाइ थियो।

20:17

Speaker A

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको विकल्प नरहेको बताउनुभएको छ दमक १ मा आयोजित चुनावी कार्यक्रममा बोल्दै उहाँले विकास राष्ट्रियता र राष्ट्रवादी अडानका कारण ओलीको विकल्पमा अरु नेता नभएको बताउनुभयो।

20:32

Speaker A

उहाँले आसन्न चुनावमा यस क्षेत्रमा समेत ओली निर्विकल्प हुनुहुन्छ उहाँले चुनावको मुखमा कतिपय ठेगाना बिनाका झिल्केहरु उम्मेदवार भएको उल्लेख गर्दै त्यस्ताको इतिहास र भविष्य केही नहुने बताउनुभयो उहाँले भन्नुभयो उनीहरु आफैँको त न इतिहास छ न भविष्य छ त्यस्ताबाट देश र जनताले के अपेक्षा गर्न सक्छन् र भट्टराईले अहिले देश र संविधानलाई संकटमा पार्न खोजिएको भन्दै एमाले देशको अभिभावक पार्टी भएकाले चुनावपछि सबै सम्हाल्ने दाबी समेत गर्नुभयो।

20:51

Speaker A

आफ्ना नेतासँग जिज्ञासा गुनासो र प्रश्न राख्ने अधिकार जनतालाई रहेको उल्लेख गर्दै उहाँले सोही कारण पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले प्रत्येक नागरिकको गुनासोको सम्बोधन गरिरहेको समेत बताउनुभयो जनताका प्रश्नहरुबाट भाग्नेले देश बनाउँछन् भनेर आशा राख्नु नै बेकार रहेको समेत भट्टराईले बताउनुभयो।

21:53

Speaker A

गृहमन्त्री ओमप्रकाश अर्यालले एमाले चुनावको विरोधमा नभएको बताउनुभएको छ पत्रकारहरुसँगको कुराकानीमा उहाँले एमालेले निर्वाचनमा सुरक्षा र निष्पक्षता खोजेको बताउनुभयो।

22:02

Speaker A

उहाँले भन्नुभएको छ एमाले चुनावको विरोधमा सुरुदेखि नै थिएन उसले निर्वाचनमा सुरक्षा दिन सकेमा र निष्पक्ष भएमा निर्वाचनमा भाग लिन तयार रहेको भन्दै आएको थियो।

22:10

Speaker A

अहिले चुनाव रोकिन सक्छ भन्ने हल्लाहरुमा सत्यता नभएको उहाँको भनाइ छ उहाँले यस्ता हल्ला र आशङ्काहरुमा कुनै वैधानिकता नरहेको दाबी गर्नुभयो उहाँले भन्नुभयो निर्वाचन निष्पक्ष र राम्रोसँग सुरक्षा दिएर गर्नुहुन्छ भने चुनावमा भाग लिन्छौँ भनेर सुरु कै भेटघाटदेखि भन्नुभएको हो नि।

22:21

Speaker A

एमालेका महासचिव शंकर पोखरेल लगायतले हामीसँगको औपचारिक र अनौपचारिक भेटमा यही भन्नुभएको थियो एमालेका प्रतिनिधिहरु सरकारले छलफलमा बोलाएको समयमा आउनुभएको हो नि यसकारण अहिले एमालेका अध्यक्ष र प्रधानमन्त्रीको भेटघाटपछि मात्र यस्तो वातावरण बनेको भन्न मिल्दैन अगाडिदेखि उहाँहरुको सवाल त्यही थियो शान्ति सुरक्षाको प्रत्याभूति र निष्पक्ष रुपमा निर्वाचन हुन्छ कि हुँदैन भनेर उहाँहरुले सुनिश्चितता खोज्नुभएको थियो त्यो प्रत्याभूति हामीले दियौँ।

23:40

Speaker A

नेपाली कांग्रेसले निर्वाचन आचार संहिता विपरीत कार्य गर्नेलाई कारबाहीको दायरामा ल्याउन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ।

23:46

Speaker A

आइतबार कांग्रेसका प्रवक्ता एवं केन्द्रीय प्रचार प्रसार समितिका संयोजक देवराज चालिसे नेतृत्वको टोलीले आयोग पुगेर आचार संहिता विपरीत कार्य गर्नेलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा केही दलहरुले स्वच्छ प्रतिस्पर्धा गर्नुको सट्टा निर्वाचन आचार संहिता उल्लंघन गर्दै चुनाव प्रचार प्रसार गरिरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको कांग्रेसले जनाएको छ निर्वाचनमा स्वतन्त्रता स्वच्छता पारदर्शिता मितव्ययिता तथा भयमुक्त वातावरण कायम गराउनका लागि आचार संहिता पालना गर्न गराउन समेत ध्यानाकर्षण गराइएको कांग्रेस प्रवक्ता चालिसेले बताउनुभयो।

24:15

Speaker A

राजनीतिक दलहरुले भौतिक चुनाव चिन्हको खुल्लाम दुरुपयोग गरिरहेको राजनीतिक दलहरुले निर्वाचन प्रचार प्रसार अभियानका क्रममा बालबालिकालाई सहभागी गराएको पाइएको उहाँले बताउनुभयो त्यस्तै राष्ट्रिय झण्डाको प्रयोगको सम्बन्धमा गरेको निर्देशन विपरीत राष्ट्रिय झण्डाको दुरुपयोग भइरहेको र मिथ्या सूचनाको दुष्प्रचार गरी जनमतलाई आफ्नो दलको अभिष्ट पुरा गराउने उद्देश्यले सामाजिक सञ्जाल मार्फत निर्वाचन आचार संहिताको विपरीत हुनेगरी सूचना सम्प्रेषण भइरहेको कांग्रेसको ध्यानाकर्षण पत्रमा उल्लेख छ।

25:20

Speaker A

निर्वाचन आयोगले निर्वाचन आचार संहिता पालनामा शून्य सहनशीलताको नीति अपनाउने चेतावनी दिएको छ।

25:26

Speaker A

आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शून्य समयमा नगद चलखेल वा आचार संहिताको उल्लंघन भए उम्मेदवार विजयी भइसकेको अवस्थामा पनि उम्मेदवारी खारेज गरिने स्पष्ट पार्नुभएको हो।

25:36

Speaker A

हालसम्म देशभरबाट आचार संहिता उल्लंघनका करिब ११०० उजुरी परेको बताउनुभयो ती मध्ये धेरैको स्थानीय स्तरमै फर्छ्यौट भइसकेको उहाँले बताउनुभयो आयोगले २५ ३० वटा गम्भीर प्रकृतिका उजुरीमाथि केन्द्रीय स्तरबाटै कारबाहीको निर्णय गरिसकेको र केही विषयहरु अदालतमा समेत पुगेको उहाँले बताउनुभयो उहाँले भन्नुभयो यदि कसैले रकम लेनदेन गरेको वा निर्वाचन सामग्री र रकमको झोला एकै ठाउँमा बोकेर हिँडेको प्रमाण भेटिएमा र त्यो बरामद भएमा उम्मेदवारी खारेज मात्र होइन अर्को ६ वर्षसम्म निर्वाचनमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाइनेछ एउटा राजनीतिक प्राणीलाई राजनीतिबाट ६ वर्ष बञ्चित गरिनु सबैभन्दा ठूलो सजाय हो निर्वाचन आयोग कुनै पनि दबाबमा नपरी कानुन बमोजिम कार्य सम्पादन गर्न दृढ रहेको उहाँको दाबी छ।

26:55

Speaker A

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री डाक्टर कुमार इङनामले सरकारले निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउनका लागि सम्पूर्ण शक्ति परिचालन गरिरहेको बताउनुभएको हो।

27:04

Speaker A

आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारले आफूले पाएको म्यान्डेट अनुसार निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गराउनका लागि सतप्रतिशत प्रयास गरिरहेको बताउनुभयो।

27:12

Speaker A

मन्त्री इङनामले सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने काममा भने अपेक्षित उपलब्धि हासिल गर्न नसकेको स्वीकार समेत गर्नुभयो भ्रष्टाचार नियन्त्रणका लागि सफलता हासिल गर्न नसक्नुमा विभिन्न पक्षहरु रहेको उल्लेख गर्दै मन्त्री इङनामले त्यसले विश्लेषण गरेर बस्ने अवस्था अहिले नभएको पनि बताउनुभयो उहाँले भन्नुभयो सरकारले दैनिक गर्नुपर्ने प्रशासनिक कामहरु गरिरहेको छ भ्रष्टाचार नियन्त्रणको कुरा निकै जटिल भएकाले यसमा अपेक्षित रुपमा काम भएजस्तो मलाई पनि लाग्दैन यसका धेरै कारणहरु होलान् यसका बारेमा यहाँहरुलाई पनि जानकारी नै होला अब यसको विश्लेषण गरेर बस्ने कुरा त्यति सान्दर्भिक पनि हुँदैन होला।

28:22

Speaker A

जहाँसम्म निर्वाचनको कुरा छ निर्वाचनको सम्पूर्ण तयारी पुरा भइसकेको छ अब दुई तीन दिन पर्खेर मत हाल्नै मात्र बाँकी छ र त्यो मतपेटिका गन्न मात्रै बाँकी छ सुरक्षा अवस्था निर्वाचनको तयारीहरु कर्मचारीहरुको व्यवस्था यी सबै काम तयारी भइरहेको नै देखिन्छ।

28:35

Speaker A

सरकार बन्दाको जुन म्यान्डेट छ त्यसैमा आधारित छ त्यो भनेको सरकार निष्पक्ष ढंगबाट निर्वाचन सम्पन्न गर्न सकोस् समयमा निर्वाचन गराउनका लागि सबै वातावरण बनाओस् त्यसमा सरकार सतप्रतिशत लागेको छ यसमा सरकारको सम्पूर्ण प्रयासहरु छ।

28:47

Speaker A

मन्त्री इङनामले सरकारले निर्वाचनलाई प्रभावित पार्ने खालको कुनै पनि गतिविधिलाई निस्तेज पार्ने काम गरिरहेको पनि जिकिर गर्नुभयो उहाँले मतगणना स्थलमा समेत सुरक्षाको प्रश्न उठ्न नदिन सरकार सतर्क छ मौन अवधिको सन्दर्भमा प्रेस काउन्सिल नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो निर्वाचन अवधिको लागि सुरक्षा संवेदनशीलता अनुसार रणनीति तय भएर कार्यान्वयनमा रहेको उल्लेख गर्दै उहाँले विगतमा मतगणना स्थलमा समेत सुरक्षाको प्रश्न उठेका थिए त्यस्तो प्रश्न उठ्न नदिन सरकार सतर्क छ निर्वाचन मार्फत मुलुकलाई अगाडि बढाउन सबै सजग रहेको आफूले पाएको पनि उहाँले बताउनुभयो।

29:19

Speaker A

फागुन २१ गते हुने निर्वाचनमा कुल १ करोड ८९ लाख ३६८९ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन्।

30:06

Speaker A

यसका लागि निर्वाचन आयोगले देशभर १०९६७ मतदान स्थल र २३११२ वटा मतदान केन्द्रहरुको व्यवस्था गरेको छ कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान प्रक्रियालाई सहज र छिटो बनाउन विशेष प्रबन्ध मिलाइएको जानकारी दिनुभयो।

30:20

Speaker A

उहाँका अनुसार आयोगले महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरेको छ भने वृद्ध वृद्धा सुत्केरी अशक्त र अपाङ्गता भएका व्यक्तिहरुका लागि लाइनमा बस्न नपर्ने गरी प्राथमिकताको व्यवस्था गरेको छ उहाँले भन्नुभयो एक मतदाताले मतदान गर्न एक देखि दुई मिनेट मात्र लाग्नेछ कुनै पनि मतदान केन्द्रमा १००० भन्दा बढी मतदाता छैनन् त्यसैले लाइनमा धेरै कुर्नुपर्दैन।

30:38

Speaker A

प्रमुख निर्वाचन आयुक्त भण्डारीले मतदाताहरुलाई आफ्नो परिचय पत्र सुरक्षित राख्न र बिहान ७ बजेदेखि नै मतदानमा सहभागी हुन आह्वान गर्नुभयो निर्वाचनलाई स्वच्छ निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आयोगले कुनै कसर बाँकी नराखेको उहाँको दाबी छ भण्डारीले निर्वाचनमा नगद चलखेल भएको पाइए कडा कारबाही हुने चेतावनी समेत दिनुभएको छ।

30:55

Speaker A

मौन अवधिमा निर्वाचन सामग्री र नगद एकै ठाउँमा बरामद भई त्यस्ता उम्मेदवारको उम्मेदवारी नै खारेज हुने उहाँले चेतावनी दिनुभएको हो उहाँले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण व्यवस्थापकीय र प्राविधिक तयारी पनि पुरा भएको बताउनुभएको छ उहाँका अनुसार मुलुकका उच्च पहाडी र हिमाली जिल्लाका सधैँ हिमाल पारिका दुर्गम बस्तीहरुमा समेत निर्वाचन सामग्री पुगिसकेका छन् उहाँले निर्वाचनको मिति घोषणा भएदेखि नै सञ्चार जगतले सकारात्मक भूमिका खेलेका कारण निर्वाचनको माहोल देउराली सम्म आइपुगेको र २१ गते भञ्ज्याङमा पुगेर भारी बिसाउने अर्थात निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो।

32:07

Speaker A

अन्तर्राष्ट्रिय सिमाना जोडिएका जिल्लामा आइतबार राति १२ बजेदेखि सिमानाका बन्द हुने भएको छ।

32:12

Speaker A

बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गराउने उद्देश्यले अन्तर्राष्ट्रिय सिमाना जोडिएका जिल्लाहरुमा सिमानाका बन्द गर्न लागिएको हो निर्वाचन सुरक्षा निर्देशिकामा निर्वाचन हुनुभन्दा ७२ घण्टा अगाडि सिमानाका बन्द गर्नुपर्ने प्रावधान छ सोही प्रावधान अनुसार सिमानाका बन्द गर्न आयोगले सिफारिस गरेको सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो सोही अनुसार नै आइतबार राति १२ बजेदेखि मतदान सम्पन्न नहुञ्जेलसम्मको लागि अन्तर्राष्ट्रिय सिमानाका बन्द गर्न लागिएको हो आयोगले सिमानाका बन्द सम्बन्धी व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई आग्रह समेत गरेको छ निर्वाचन अवधिभर सुरक्षालाई कडा बनाउँदै सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न आयोगले विभिन्न सुरक्षा उपायहरु अवलम्बन गरिरहेको जनाएको छ।

33:30

Speaker A

प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेस प्रवेश गर्नेको संख्या बढ्दै गएको छ।

33:36

Speaker A

विभिन्न पार्टी परित्याग गरेर पुरानो पार्टी कांग्रेसमा प्रवेश गर्नेको संख्या बढ्दै गएको हो राष्ट्रिय स्वतन्त्र पार्टी रासपा कर्णाली प्रदेशकी महामन्त्री चन्द्रा विक र रासपा सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेत कांग्रेसमा प्रवेश गर्नुभएको छ उहाँहरुसँगै रासपाका कार्यकर्ता पनि कांग्रेसमा गएका छन् कांग्रेस केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले सुर्खेतमा आइतबार बिहान आयोजित एक समारोहमा उनीहरुसँगै रासपा छाडेका दर्जनौँ व्यक्तिलाई खादा मालाले स्वागत गर्नुभयो पछिल्लो समय रासपा छाडेर कांग्रेस प्रवेश गर्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ रासपाले प्राथमिक चुनावमा ५० हजार रुपैयाँ प्रत्यक्ष निर्वाचनमा २५ हजार रुपैयाँ लगेको तर यसको लेखाजोखा प्रदेश र जिल्लाले नदेखाएको महामन्त्री विकको आरोप छ रासपा बनाउँछौँ भनेर आएका व्यक्तिलाई आत्मग्लानि भएर पुरानै पार्टीमा फर्कनुपरेको उहाँले जानकारी दिनुभयो।

34:17

Speaker A

काठमाडौँ क्षेत्र नम्बर ९ मा जनता समाजवादी पार्टी जसपा नेपालको उम्मेदवार रणवीर सिंह क्षेत्रीले उम्मेदवारी फिर्ता लिनुभएको छ उहाँले नेपाली कांग्रेसका उम्मेदवार नानू बास्तोलालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको बताउनुभयो।

35:04

Speaker A

काठमाडौँ ९ मा विभिन्न दल र स्वतन्त्र गरी २४ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन्।

35:14

Speaker A

आफ्नो उम्मेदवार नभएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले रुपन्देही २ मा नेपाली कांग्रेसका उम्मेदवार चुन्न प्रसाद पौडेललाई समर्थन गर्ने भएको छ।

35:21

Speaker A

कांग्रेससँग आफ्नो पार्टीको सिद्धान्त र विचार फरक भए पनि आर्थिक सामाजिक र समृद्धिको मुद्दा मिलेकाले पौडेललाई मतदान गर्ने निर्णय भएको राप्रपा रुपन्देही २ का क्षेत्रीय अध्यक्ष रामबहादुर थापाले जानकारी दिनुभयो राप्रपाले कार्भिका थापाले टिकट दिएको थियो थापाले अमेरिकाको पिआर त्यागेको तीन महिना नपुगेकाले उम्मेदवारी कायम भएन राप्रपा जिल्ला अध्यक्ष सागर प्रताप राणाले भने आफूहरुलाई क्षेत्रीय अध्यक्षको नामबाट जारी भएको विज्ञप्ति मान्य नभएको बताउनुभयो केही व्यक्तिहरुले पैसाको लोभमा परेर यस्तो भ्रम फैलाएको हुन सक्छ त्यसमा कुनै सत्यता छैन राणाले भन्नुभयो यो क्षेत्रमा एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल नेपाली कम्युनिष्ट पार्टीबाट विश्वदीप पाण्डे लगायत ३९ जनाले उम्मेदवारी दिएका छन् राप्रपाले २०७९ को निर्वाचन यो क्षेत्रमा समानुपातिक तर्फ ५६०० मत प्राप्त गरेको थियो।

36:44

Speaker A

प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा कन्चनपुर क्षेत्र नम्बर २ मा पनि चुनावी सरगर्मी बढेको छ आफ्नो पक्षमा मत तान्न उम्मेदवारहरुले मतदाता भेटघाट तीव्र बनाएका छन्।

36:55

Speaker A

२०४८ सालको निर्वाचन यता यो क्षेत्रमा चार पटक नेपाली कांग्रेस र दुई पटक एमालेले निर्वाचन जितेको छ यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी रासपा र नेपाल कम्युनिष्ट पार्टी नेकपाको पनि सक्रियता यस क्षेत्रमा बढ्दो छ तीनवटा निर्वाचन क्षेत्र रहेको कन्चनपुरमा यो क्षेत्र सर्वाधिक चासोका साथ हेरिएको क्षेत्र हो।

37:09

Speaker A

यो क्षेत्रबाट नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री एनपी साउद चुनावी मैदानमा हुनुहुन्छ एमालेले युवा उम्मेदवार बचन बहादुर सिंहलाई मैदानमा उतारेको छ नेपाली कम्युनिष्ट पार्टी नेकपाले पनि युवा उम्मेदवार माधव पन्तलाई उम्मेदवार बनाएको छ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका विश्वासपात्र दिपक बोहरा यसै क्षेत्रबाट उम्मेदवार बनेका छन् यसकारण पनि यो क्षेत्रको निर्वाचनलाई चासोका साथ हेरिएको छ यसअघि यो क्षेत्रबाट निर्वाचन जितेर आउनुभएका कांग्रेसका साउदलाई भने यसपटक सहज छैन उहाँलाई रासपा एमाले र नेकपाका उम्मेदवारहरुले चुनौती दिएका छन्।

37:39

Speaker A

उज्यालो नेपाल पार्टीबाट मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बसन्त बुढाथोकीले एमाले उम्मेदवार बिनोद ढकाललाई सहयोग गर्ने हुनुभएको छ कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपालका उम्मेदवार बुढाथोकीले एमालेलाई समर्थन गर्नुभएको हो।

38:23

Speaker A

मोरङको बुढीगंगा गाउँपालिकामा आयोजित कार्यक्रममा पत्रकार सम्मेलन गरी ढकाललाई समर्थन गर्ने बताउनुभयो पार्टी भित्र र बाहिर जनताको आवाज सशक्त उठाउन सक्ने उम्मेदवारका रुपमा मोरङ क्षेत्र नम्बर ६ मा बिनोद ढकाललाई मात्रै देखेको बताउँदै बुढाथोकीले उम्मेदवारी फिर्ता लिएर ढकाललाई समर्थन गरेको बताउनुभयो।

38:49

Speaker A

मोरङ क्षेत्र नम्बर ६ बाट पटक पटक निर्वाचित जनप्रतिनिधिले जनताका आवाज सदनमा नउठाएको र विकास निर्माणको काम समेत नगरेको उल्लेख गर्दै उहाँले अहिले सदनमा आवाज उठाउन सक्ने सशक्त व्यक्ति ढकाल भएको बताउनुभयो मोरङ ६ ले बलियो आवाज प्रभावकारी प्रतिनिधित्व र स्थिर नेतृत्व खोजिरहेको उल्लेख गर्दै उहाँले मोरङ ६ को समग्र हित र स्थिरता प्रभावकारी प्रतिनिधित्वको लागि ढकाललाई समर्थन गरेको घोषणा गर्नुभएको छ।

39:09

Speaker A

नेकपा एमालेकी नेत्री एवं धनुषा निर्वाचन क्षेत्र नम्बर ३ की उम्मेदवार जुली कुमारी महतोले आफ्ना अधुरा सपना र सुरु गरिएका विकास निर्माणका कामहरुलाई पूर्णता दिन पुनः उम्मेदवारी दिएको बताउनुभएको छ।

39:18

Speaker A

चुनावी प्रचार प्रसारका क्रममा आफ्नो क्षेत्रका ३८ वटै वडाका मतदाताहरुसँग भेटघाट गर्दै उहाँले अघिल्लो कार्यकालमा सुरु भएका ठूला आयोजनाहरुलाई तार्किक निष्कर्षमा पुर्याउनु नै आफ्नो मुख्य लक्ष्य रहेको स्पष्ट पार्नुभएको हो उम्मेदवार महतोले आफ्नो कार्यकालको सबैभन्दा ठूलो उपलब्धिका रुपमा जनकपुरधाम चक्रपथ रिङ रोडलाई अगाडि सार्नुभयो यस्तै माता सीता र भगवान रामको स्वयंवर भएको पवित्र भूमिलाई विश्वकै प्रमुख म्यारिज हब विवाह गन्तव्यका रुपमा विकास गर्ने योजना उहाँले सुनाउनुभयो यसका लागि नीति तथा कार्यक्रममा समेत समावेश भइसकेको र अब प्रभावकारी कार्यान्वयनको खाँचो रहेको उहाँको भनाइ छ बन्द अवस्थामा रहेको जनकपुर सुगर कारखानालाई पुनः सञ्चालनमा ल्याउन अध्ययन समिति बनेको जानकारी दिँदै उहाँले यसलाई रोजगारीको केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो उहाँले मधेश प्रदेशमा सिँचाइका साथै खानेपानीको दीर्घकालीन समाधानका लागि कोशी नदीको पानी विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।

40:37

Speaker A

अहिलेको निर्वाचन केवल सांसद वा मन्त्री बन्नका लागि मात्र नभई संविधानलाई सही ट्र्याकमा ल्याउन र लोकतन्त्रको रक्षाका लागि भएको महतोको दाबी छ।

40:52

Speaker A

प्रहरीले प्रतिनिधि सभाको निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा सुनसरीबाट तीन जनालाई पक्राउ गरेको छ।

40:58

Speaker A

इनरुवा स्थित जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आशङ्कामा उनीहरुलाई पक्राउ गरिएको हो पक्राउ पर्नेमा इलामको माङसेबुङ गाउँपालिका १ बस्ने ३८ वर्षीय प्रविण मिश्र मोरङको पथरी शनिसारे नगरपालिका १० बस्ने ५१ वर्षीय सीताराम बुढाथोकी र भोजपुरको सापला सिसो गाउँपालिका १ बस्ने ४६ वर्षीय डिल्लीराम बोहरा रहेका छन् उनीहरुलाई सुनसरीको विभिन्न क्षेत्रबाट पक्राउ गरिएको सुनसरीका एसपी केशव थेबेले बताउनुभयो।

42:03

Speaker A

प्रहरीले बुढाथोकी र बोहरालाई शनिबार र मिश्रलाई गत बुधबार पक्राउ गरेको जनाएको छ निर्वाचनको वातावरण बिथोल्ने सर्वसाधारणलाई मतदान स्थल नजान धम्क्याउने जस्ता शंकास्पद गतिविधिमा संलग्न भएको पाइएपछि नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको एसपी थेबेले बताउनुभयो।

42:20

Speaker A

सिराहा बजार क्षेत्रका विभिन्न पसलबाट करिब ७०० थान टिसर्ट प्रहरीले बरामद गरेको छ।

42:24

Speaker A

प्रहरीका अनुसार निर्वाचन नजिकिँदै जाँदा पार्टीको लोगो र उम्मेदवारको अनुहार अंकित टिसर्ट बिक्री वितरणका लागि राखिएको सूचना प्राप्त भएपछि संयुक्त रुपमा अनुगमन गरिएको थियो सोही क्रममा लहान कर्जन्हा र सदरमुकाम आसपासका पसलबाट ती सामग्री बरामद गरिएको हो जिल्ला प्रशासन कार्यालय सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी चित्रराज बरालले होली पर्वको अवसर पारेर प्रचार सामग्रीका रुपमा टिसर्ट छापी वितरण गर्न लागिएको विभिन्न स्रोतबाट सूचना आएको बताउनुभयो निर्वाचनको मुखमा मतदातालाई विभिन्न कोणबाट प्रभावित पार्ने गतिविधि हुन सक्ने भएकाले हामीले निगरानी बढाएको उहाँले बताउनुभयो।

43:34

Speaker A

बरालका अनुसार निर्वाचन आचार संहिता विपरीत हुने कुनै पनि प्रकारका प्रचार सामग्री नियन्त्रण गरिने र यसबारे थप अनुसन्धान भइरहेको छ प्रशासनका अनुसार नियन्त्रणमा लिएको टिसर्टमा नेकपा नेकपा एमाले जसपा रासपा जनमत नेपाली कांग्रेस पार्टी लगायत रहेको छ प्रशासनले व्यवसायी तथा राजनीतिक दललाई कानुन र निर्वाचन आचार संहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ।

43:53

Speaker A

पोखराको मुख्य व्यापारिक केन्द्र चिप्लेढुंगामा महिलामाथि अभद्र व्यवहार र कुटपिट गर्ने एक युवकलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ।

43:59

Speaker A

फागुन १५ गते दिउँसो चिप्लेढुंगा स्थित पार्किङ स्थलमा दुई जना महिलामाथि कुटपिट तथा झैझगडा भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले सक्रियता देखाएको हो जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा बाग्लुङ स्थायी घर भई हाल पोखरा महानगरपालिका ५ हेमजा बस्ने २३ वर्षीय मनिष थापा रहेका छन् उनी चिप्लेढुंगा क्षेत्रमा पार्किङ शुल्क उठाउने कर्मचारीका रुपमा कार्यरत थिए सार्वजनिक स्थलमा महिलामाथि हातपात र अभद्र व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले सूचना अनुसन्धान र खोजतलास सुरु गरेको थियो खोजतलासका क्रममा थापालाई आइतबार सोही क्षेत्रबाट प्रहरी टोलीले पक्राउ गरेको सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभएको छ थापामाथि सार्वजनिक स्थलमा अभद्र व्यवहार गरेको कसुरमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।

45:18

Speaker A

भूराजनीतिक विश्लेषक अरुण कुमार सुवेदीले हाल मध्यपूर्वमा भइरहेको तनावमा नेपाल अमेरिका र इजरायलको पक्षमा उभिनुपर्ने बताउनुभएको छ।

45:25

Speaker A

पत्रकारहरुसँगको कुराकानीका क्रममा उहाँले नेपालको दीर्घकालीन हितको लागि पनि अमेरिका भारत र इजरायलको विपक्षमा जान नहुने बताउनुभयो उहाँले नेपालले आफ्नो राष्ट्रिय स्वार्थलाई केन्द्रमा राख्दै अमेरिका इजरायल र भारतसँग समन्वय गरेर स्पष्ट नीति अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो उहाँले नेपाल सरकारले ढिलाइ नगरी आफ्नो औपचारिक धारणा स्पष्ट गर्नुपर्ने र खाडी क्षेत्रमा शान्ति स्थापना हुने पक्षमा कूटनीतिक रुपमा उभिनुपर्ने बताउनुभयो।

45:45

Speaker A

नेपालको ऊर्जा सुरक्षा व्यापारिक सुरक्षा र वैदेशिक रोजगारीको स्थायित्व प्रत्यक्ष रुपमा खाडी क्षेत्रसँग जोडिएको हुँदा त्यहाँको अस्थिरताले नेपाललाई गम्भीर असर पार्न सक्ने उहाँको भनाइ छ उहाँले इरानले प्रहार गरेको मिसाइल आक्रमण नेपालको हित विपरीत भएको उल्लेख गर्दै त्यसको खुलेर विरोध गर्नुपर्ने बताउनुभयो खाडी क्षेत्रमा कार्यरत लाखौँ नेपाली कामदारहरुको सुरक्षा जोखिममा पर्न सक्ने भएकाले त्यस क्षेत्रमा तत्काल शान्ति स्थापना हुन आवश्यक रहेको उहाँको भनाइ छ इरानको वर्तमान शासन पतन भएर गल्फ क्षेत्रमा तत्कालीन शान्ति स्थापना हुनु नै नेपालको हितमा हुने उहाँले बताउनुभयो।

46:55

Speaker A

शिखर पावर डेभलपमेन्ट कम्पनीले आम सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको छ।

47:02

Speaker A

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासी र वैदेशिक रोजगारमा रहेकालाई शेयर बाँडफाँड गरी सर्वसाधारणका लागि आइतबारदेखि बिक्री खुल्ला गरेको हो।

47:09

Speaker A

कम्पनीले जारी पुँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत शेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो सर्वसाधारण समूहमा निष्कासन हुने ३२ लाख कित्ता मध्ये वैदेशिक रोजगारमा रहेका प्रभावित कर्मचारी म्युचुअल फण्डलाई छुट्टाएर बाँकी रहेको १८ लाख ४२ हजार ६०० कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको छ न्यूनतम १० तथा अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।

47:30

Speaker A

क्यापिटलका अनुसार अनलाइन प्रणाली मेरो शेयर मार्फत आवेदन दिन सकिनेछ छिटोमा फागुन २६ र ढिलोमा चैत्र १ गतेसम्म आवेदन दिन सकिनेछ यस कम्पनीले बाग्लुङमा ४.९६ मेगावाटको भीमखोला स्मल हाइड्रोपावर आयोजना बनाएर सञ्चालनमा ल्याएको छ सो आयोजनाको प्रति मेगावाट लागत २४ करोड १८ लाख २१ हजार ७४१ रुपैयाँ ७० पैसा रहेको छ।

48:30

Speaker A

सुपर खुदी हाइड्रोपावरको आइपीओ बाँडफाँड भएको छ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले एक औपचारिक कार्यक्रम गरी आइतबार आइपीओ बाँडफाँड गरेको छ।

48:37

Speaker A

फागुन ५ गतेदेखि ११ गतेसम्म सर्वसाधारणका लागि कम्पनीको १२ लाख ८६ हजार ५०० कित्ता शेयर सर्वसाधारणलाई खुलेको थियो क्यापिटलका अनुसार सो शेयरमा २५ लाख ८० हजार ४७० आवेदन स्वीकृत भएको थियो जसअनुसार १ लाख २८ हजार ६५० आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् आइपीओको नतिजा सीडीएससीको वेबसाइट मार्फत हेर्न सकिनेछ कम्पनीले लमजुङमा २६ मेगावाटको माथिल्लो खुदी जलविद्युत आयोजना बनाएको छ जसको प्रति मेगावाट लागत २० करोड ६९ लाख ३८ हजार रुपैयाँ छ साधारण लगानी फिर्ता हुने अवधि ७.२१ वर्ष अनुमानित गरिएको छ।

49:09

Speaker A

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ नेप्से परिसूचक १९.२७ अंकले बढेर २६७४.२० बिन्दुमा पुगेको हो।

49:19

Speaker A

सेन्सिटिभ इन्डेक्स ३.२२ अंकले बढेर ४५९.७३ बिन्दुमा अडिएको छ यस दिन ३४१ वटा स्क्रिप्ट्सको १ करोड ३१ लाख ९३ हजार ४६२ कित्ता शेयर ५ अर्ब ६४ करोड ८३ लाख १९ हजार ४१ रुपैयाँमा खरिद बिक्री भए दोहोरो अंकले बढेको शेयर बजारमा दुईवटा कम्पनीको शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भयो।

50:16

Speaker A

साल्पा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भयो बाराही हाइड्रोपावर पब्लिकको शेयर ६.७४ अंकले बढ्दा एनआइबिएल ग्रोथ फण्डको ६ प्रतिशत र गुडिल फाइनान्सको ३.६२ प्रतिशतले बढ्यो कारोबार रकमका आधारमा रादी विद्युत कम्पनी शीर्ष स्थानमा रह्यो।

50:34

Speaker A

स कम्पनीको ३६ करोड मूल्य बराबरको शेयर कारोबार भयो अपी पावरले ३३ करोडको शेयर कारोबार गर्दा मञ्जुश्री फाइनान्सको २८ करोड शेयर कारोबार हुँदा आँखु खोला जलविद्युतले २६ करोड र एसवाई प्यानल नेपालले २२ करोडको शेयर कारोबार गरे कारोबारमा आएका मध्ये १८७ वटा स्टक्सको मूल्य बढ्दा ६४ वटाको घट्यो ११ वटा स्टक्सको मूल्य भने यस दिन स्थिर रह्यो १३ वटै समूह उपसूचक सकारात्मक देखिए फाइनान्स समूहको उपसूचक सर्वाधिक २.२२ प्रतिशतले बढ्यो।

50:56

Speaker A

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले इरानमा ठूलो र निरन्तर आक्रमण जारी राखेको बताएका छन् यसको उद्देश्य इरानको मिसाइलहरु नष्ट गर्नु र मिसाइल उद्योगलाई पूर्ण रुपमा ध्वस्त पार्नु रहेको उल्लेख गरे यो घोषणा इरान र अमेरिका इजरायल बीचको तनाव चर्किएको समयमा आएको हो।

51:43

Speaker A

विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार अमेरिका र इजरायलले संयुक्त रुपमा इरानमा ठूलो आक्रमण गरेका छन् जसमा इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको पुष्टि गरिएको छ इरानले प्रतिकारमा इजरायल र क्षेत्रीय अमेरिकी आधारहरुमा मिसाइल तथा ड्रोन आक्रमण गरेको छ यो घटनाले मध्यपूर्वमा ठूलो युद्धको सम्भावना बढाएको छ र अन्तर्राष्ट्रिय समुदायमा चिन्ता बढेको छ।

52:10

Speaker A

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह खामेनी मारिएको दाबी गरेका छन् सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा ट्रम्पले लेखेका छन् इतिहासकै सबैभन्दा क्रुर व्यक्ति मध्ये एक खामेनी मारिएका छन् यो इरानका जनताका लागि मात्र नभई विश्वभरका ती देशका जनताका लागि पनि न्याय हो जसलाई खामेनी र उनको रक्तपिपासु गिरोहले मारेका थिए इजरायलले शनिबार राजधानी तेहरान सहित इरानका धेरै वटा शहरमा हवाई हमला गरेको थियो जसमा अमेरिकाको पनि संलग्नता रहेको ट्रम्पले बताएका थिए।

53:23

Speaker A

रोयटर्सले पनि इजरायली अधिकारीहरुलाई उद्धृत गर्दै इरानका सर्वोच्च नेता मारिएको दाबी गरेको छ खामेनीको शव हवाई आक्रमणपछि भग्नावशेष मुनि फेला परेको थियो यसअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतिनाहुले पनि खामेनीको मृत्यु भएको संकेत देखिएको बताएका थिए अर्का तर्फ इरानका विदेश मन्त्री अब्बास अराघचीले भने सर्वोच्च नेता जीवित रहेको दाबी गरेका छन् इरानको रेड क्रिसेन सोसाइटीले अमेरिका र इजरायलले गरेको आक्रमणमा २०० भन्दा बढी व्यक्ति मारिएको र ७४० भन्दा बढी घाइते भएको बताइएको छ।

53:41

Speaker A

भारतको राजस्थान राज्यको बालोतरा जिल्लामा निजी स्लिपर बस ट्रेलरसँग ठोक्किँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् स्थानीय प्रहरीले यो जानकारी पुष्टि गरेको छ दुर्घटना राष्ट्रिय राजमार्गमा सरोडी गाउँ नजिकै भएको थियो घाइतेहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ बसका चालकले दुईवटा सवारी साधनलाई ओभरटेक गर्ने क्रममा बसको ड्राइभर साइड ट्रेलरसँग ठोक्किएको थियो दुर्घटनाको कारण ओभरटेक गर्ने प्रयासलाई मानिएको छ प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ मृतकहरुमा दुई जना बालबालिका पनि रहेका छन् यो दुर्घटनाले सडक सुरक्षा र सवारी चालकहरुको सतर्कताको विषयलाई फेरि चर्चामा ल्याएको छ।

54:13

Speaker A

दक्षिणी अफगानिस्तानको कन्धार प्रान्तमा शनिबार पाकिस्तानी सेनाले अस्थायी फर्किएका व्यक्तिहरुको शिविरमा हवाई हमला गर्दा तीन अफगानी फर्किएका व्यक्तिको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् अफगानिस्तान सरकारका उपप्रवक्ता हमदुल्लाह भित्रतले यो जानकारी दिएका हुन्।

55:02

Speaker A

भित्रतले सामाजिक सञ्जाल एक्समा प्रकाशित वक्तव्यमा भनेका छन् कि पाकिस्तानी सेनाले शनिबार बिहान स्थानीय समय अनुसार ८:३० बजे कन्धारमा फर्किएका व्यक्तिहरुको अस्थायी शिविरमा हवाई हमला तथा बमबारी गरेको थियो यसैबीच सम्बन्धित घटनामा एक अफगान अधिकारीले पाकिस्तानबाट पठाइएको ड्रोन पाइलट विहीन विमानले अफगानिस्तानको पूर्वी खोस्त प्रान्तमा आक्रमण गर्न खोज्दा शनिबार क्र्यास भएको दाबी गरेका छन् दुई छिमेकी देशहरु बीच सीमा क्षेत्रमा मिलिटेन्ट हिंसाको वृद्धि सँगै पछिल्ला दिनहरुमा तनाव बढेको छ पाकिस्तानले अफगानिस्तानमा टिटिपी तेहरिक ए तालिबान पाकिस्तान जस्ता मिलिटेन्ट समूहहरुलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ भने अफगानिस्तानले पाकिस्तानी हमलाहरुले नागरिकहरुलाई लक्षित गरेको बताउँदै आएको छ यो घटनाले दुवै देश बीच जारी सीमा तनावलाई थप जटिल बनाएको छ।

55:45

Speaker A

सनक जयसूर्याले श्रीलंकाको पुरुष राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक पद छाड्ने निर्णय गरेका छन् टी-२० विश्वकप २०२४ अन्तर्गत सुपर आठको खेलमा शनिबार पाकिस्तानसँग पराजित भएपछि उनले यस्तो निर्णय सार्वजनिक गरेका हुन्।

55:55

Speaker A

उनले अहिलेसम्म औपचारिक रुपमा श्रीलंका क्रिकेट बोर्ड एसएलसीलाई जानकारी दिएका छैनन् तर विश्वकप नै आफ्नो अन्तिम जिम्मेवारी हुने निर्णय दुई महिना अगाडि नै लिएको उनले बताएका छन् अब जिम्मेवारी अरु कसैलाई दिन उपयुक्त हुन्छ भन्ने लाग्यो जयसूर्याले भने इङल्याण्ड विरुद्धको श्रृंखलाकै क्रममा आफू लामो समय बस्ने सोचमा नरहेको संकेत गरेको उनले सम्झिए विश्वकप राम्रो नतिजा सहित अन्त्य गर्न चाहन्थे तर त्यो सम्भव भएन त्यसमा दुखी छु उनले भनेका छन्।

57:01

Speaker A

विभागीय टोली त्रिभुवन आर्मी एफसीले राष्ट्रिय लिग फुटबलमा पुछारको नव जनजागृति युवा क्लबलाई ३-० ले पराजित गरेको छ।

57:08

Speaker A

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा आर्मीले १२ को नव जनजागृतिलाई ३-० ले सहजै हरायो लिगमा पाँचौँ जितपछि आर्मीले आठ खेलबाट १७ अंक जोडेको छ र उपाधि होडमा आफूलाई कायम राखेको छ राष्ट्रिय लिगमा कमजोर देखिएको टोली नव जनजागृति युवा क्लबको भने यो लगातार आठौँ हार हो १२ को यो टोली आधा खेल खेलिसक्दा अझै अंकविहीन हुँदै तालिकाको पुछारमा छ आर्मीको लागि कप्तान जर्ज प्रिन्स कार्कीले खेलको नवौँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए नवयुग श्रेष्ठले ५४ औँ मिनेटमा गोल गर्दै आर्मीको अग्रता दोब्बर पारे कुनसाङ लामाले ७७ औँ मिनेटमा आर्मीको तेस्रो गोल गरे।

57:39

Speaker A

इङ्लिस स्ट्राइकर ह्यारी केनको दुई गोलको मद्दतमा जर्मन बुन्डेसलिगा अन्तर्गत गएराति भएको डेर क्लासिकरमा शीर्ष स्थानको बारेनले बोरुसिया डर्टमुन्डलाई पराजित गरेको छ पाँच खेलको थ्रिलर खेलमा बारेनले डर्टमुन्डलाई ३-२ ले पराजित गरेको हो बारेन र डर्टमुन्ड बीचको खेल जर्मन क्लासिक अर्थात डेर क्लासिरको रुपमा परिचित छ।

58:28

Speaker A

यो जितपछि लिग लिडर बारेनले दोस्रो स्थानको डर्टमुन्डसँग ११ अंकको अग्रता बनाएको छ बारेनले २४ खेलबाट ६३ अंक जोडेको छ भने समान खेलबाट डर्टमुन्डको ५२ अंक छ घरेलु मैदानमा भएको खेलमा पहिले अग्रता भने डर्टमुन्डले लिएको थियो निको स्लोटर बेकले पहिलो हाफको २६ औँ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई १-० को अग्रता दिलाएका थिए।

58:55

Speaker A

हवस त दर्शक महानुभाव आजका मुख्य समाचार अहिलेलाई यति नै हामीले प्रस्तुत गरेका यी समाचार प्रति तपाईँको धारणा के छ त्यो कुरा तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला।

59:04

Speaker A

हाम्रो मेहनतको लागि यो भिडियोमा एउटा सानो लाइक अवश्य गर्नुहोला देश भित्रबाट हेर्दै हुनुहुन्छ भने आफू रहेको गाउँ ठाउँ शहर जिल्लाको नाम लेख्नुहोला विदेशमा हुनुहुन्छ भने कुन देशबाट हेर्दै हुनुहुन्छ त्यो कुरा तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला दैनिक रुपमा हेर्नुहुन्छ भने रेगुलर भनेर लेख्नुहोला आज पहिलो पटक हेर्दै हुनुहुन्छ भने फर्स्ट टाइम भनेर लेखिदिनुहोला समाचारपाटी डटकमको न्युज बुलेटिन नेपाली समय अनुसार आज साँझ ६ बजे लिएर फेरि हामी उपस्थित हुनेछौँ पलपलको न्युज अपडेटको लागि समाचारपाटी डटकम हेर्दै गर्नुहोस नमस्कार।

Study this video

- [Flashcards from this video](https://sozai.app/tools/ai-flashcard-generator/?from=transcript&id=7362)
- [Quiz on this video](https://sozai.app/tools/quiz-generator/?from=transcript&id=7362)
- [Summary of this video](https://sozai.app/youtube-video-summarizer/?from=transcript&id=7362)

Free, made by AI from this transcript. No signup.


---
This is the markdown twin of https://sozai.app/transcript/today-news-nepali-news-aaja-ka-mukhya-samachar-nep-transcript/ — the same content, without the markup.
Published by SozAI (https://sozai.app). Reuse and quotation are allowed with attribution and a link back.
Machine-readable index: https://sozai.app/llms.txt · data API: https://sozai.app/api/
